हुण्डीमार्फत नेपाल ल्याउन लागिएको ९५ लाखसहित दुई भारतीय पक्राउ
काठमाडौँ । हुण्डीमार्फत नेपाल ल्याउन लागिएको ९५ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेहरूमा भारतको मुम्बई महाराष्ट्र प्रदेश सङली जिल्ला थाना घर बताउने वर्ष २६ को सागर माली र सोही ठाउँ घर भएका कृष्ण अढाडे रहेका छन् ।
महानगरीय प्रभाग नागढुङ्गाबाट बाहिर जिल्लाबाट आउने सवारीसाधनहरूलाई चेकजाँच गर्न चन्द्रागिरि न.पा. २ स्थित नागढुंगामा चेक प्वाइन्ट राखी चेकजाँच गर्ने क्रममा चितवनबाट काठमाडौं आउँदै गरेको ग.१ख ६६४५ नं.को यात्रुवाहक हाइस गाडीमा ८ र ९ नं.को सिटमा सवार भई आएका व्यक्तिको झोला चेकजाँच गर्ने क्रममा माली र अढाडेको कालो झोलामा लुकाइछिपाइ ल्याएको अवस्थामा ९५ लाख फेला परेको थियो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूमध्ये मालीको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद भएको हो । उनीहरूले उक्त नगद रकमको स्रोत खुलाउन नसकेको हुँदा रीतपूर्वक खानतलासी मुचुल्का उठाई पक्राउ गरी परिसर ल्याइएको र उनीहरूबारेमा थप अनुसन्धान भइरहेको परिसरले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया