म्याक्स मिडिया ‘डिजिटल गुरु’ प्रतियोगिता सुरु
ललितपुर । नेपालकै अग्रणी मिडिया कम्पनी म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता शुभारम्भ भएको छ । डिजिटल मिडियासम्बन्धी सम्भवतः नेपालकै पहिलो र सबैभन्दा ठूलो यस प्रतियोगिताले डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरूलाई भाग लिन आह्वान गरेको छ । ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्देश्य नै डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरूको पहिचान गर्दै उनीहरूलाई व्यक्तिगत एवं समग्र नेपाली मिडिया उद्योगलाई नै टेवा पु-याउन त्यस्ता व्यक्तिहरूको पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्नु रहेको आयोजकको भनाइ छ । नेपालमा विभिन्न विदेशी कम्पनीसँग सहकार्य गरेर डिजिटल मिडियासम्बन्धी काम गर्ने अभ्यास भइरहेको अवस्थामा यस प्रतियोगिताले स्वदेशमा नै लुकेर रहेको डिजिटल मिडियासम्बन्धी त्यस्तो प्रतिभाको खोजी गरी उनीहरूलाई नै प्रोत्साहन गर्दै डिजिटल मिडियासम्बन्धी आवश्यकता पूर्ति गर्ने उद्देश्य लिएको बताइएको छ ।
मिडिया क्षेत्रको पृष्ठभूमिमा पछिल्लो पाँच वर्षको अवधिमा निकै ठूलो परिवर्तन देखिएको छ । यस अवधिमा खासगरी डिजिटल मिडियाको सुरुवात मात्र नभई हाम्रो दैनिक जीवन, जहाँ हामी हाम्रो जीवनयापन गरिरहेका छौँ, त्यसको महत्व बढाइरहेको छ । अहिलेको समयमा हामीले नेपालमा डिजिटल मिडियाको सम्भावना उच्च देखेका छौँ, जुन हाम्रो विचार प्रस्तुत गर्ने एउटा सशक्त माध्यम पनि हो । नेपालको डिजिटल मिडियाको क्षेत्रमा प्रसस्त अवसर रहेको हामीले देखेका छौँ, जसबाट हरेक व्यक्तिले आफू बसेको स्थानबाट नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा आफ्नो क्षमता प्रस्तुत गर्ने उचित अवसर प्राप्त गर्नेछ । यो एउटा व्यक्तिको मात्र नभएर ग्राहक, आम विज्ञापनदाता र समग्र मिडिया उद्योगकै लागि राम्रो पक्ष भएको हुँदा यस्तो प्रतियोगिताको सुरुवात गरिएको आयोजकले जानकारी दिएको छ ।
म्याक्स मिडिया डिजिटल गुरु एउटा विशेष चुनौतीको परीक्षण गर्ने लक्ष्यसहित पहिलो पटक प्रस्तुत भएको डिजिटल हेडहन्ट हो जहाँ सहभागीले प्रतियोगिताको नियममा रही आफ्नो रुचिको विषयमा डिजिटल मिडियासम्बन्धी सबल प्रस्तुति प्रस्तुत गर्न दिइनेछ । यसबाट नेपालको डिजिटल मिडियाहरूको उत्थानका लागि एउटा नयाँ अध्ययन सुरु हुने आयोजकको अपेक्षा छ ।
यो उत्साहसँग आफ्नो नयाँ अनुभव कोर्नुका साथै सीमित घेराभन्दा बाहिर निस्किएर सिक्न र आफ्नो क्षमताबाहिर ल्याउनका लागि यो एउटा त्यस्तो अवसर हो जसले पाँच लाख रुपैयाँसम्म पुरस्कार समेत प्राप्त गर्ने छ । म्याक्स मिडिया डिजिटल गुरुको मुख्य उद्देश्य नै मिडिया इन्डस्ट्रिका लागि उत्कृष्ट र नवीनतम विचारसहितको सोच प्रस्तुत गर्ने रहेको छ । यस प्रतियोगितामा सहभागी हुनका लागि WWW.digitalguru.maxmedia.com.np मा रजिष्टर गर्न सकिने आयोजक म्याक्स मिडियाले बताएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया