विश्वमा पानीजन्य संकट उत्पन्न हुनसक्छ : डब्लुएमओ
अमेरिका । विश्वमा खानेपानीका साथै पानीजन्य अरु पनि संकट उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघीय एक एजेन्सीले जनाएको छ । संयुक्त राष्ट्रसंघीय मौसम विज्ञानसम्बन्धी एजेन्सी (डब्लुएमओ) ले सो आशंका गरेको हो । विश्वमा हाल जलवायु परिवर्तनसम्बन्धी समस्या देखिएको र यसका कारणले गर्दा विश्वमा खानेपानीका साथै पानीजन्य समस्या उत्पन्न हुनसक्ने बताएको हो ।
जस्तो कि बाढी, खडेरी तथा खानेपानीको अभावका कारण धेरै मानिस प्रभावित पर्नसक्ने सो एजेन्सीले जनाएको छ । विश्वमा पानीजन्य समस्याका कारण धेरै नागरिक समस्यामा पर्नसक्ने सो संस्थाको चेतावनी छ । जलवायु परिवर्तनको प्रभावका कारण यस्ता समस्याहरु उत्पन्न हुनसक्ने अवस्था देखिएको पनि सो संस्थाले जनाएको छ । उक्त संस्थाले अहिले पनि विश्वका मानिसहरु यस्ता समस्याबाट सताइएका तथा खानेपानीको अभावमा परेका देखिएको छ ।
उक्त एजेन्सीले गरेको एक विश्वव्यापी अनुसन्धानबाट सन् २०१८ मा मात्र विश्वका करिब साढे तीन अर्ब मानिसलाई वर्षमा कम्तीमा पनि एक महिना खानेपानीको अभाव भएको पाइएको थियो । उक्त एजेन्सीले आगामी सन् २०५० सम्ममा विश्वका करिब पाँच अर्ब मानिसले यस्तो समस्या झेल्नुपर्ने अवस्था रहेको पनि सो संस्थाको अनुसन्धानबाट देखिएको छ । सो एजेन्सीको अनुसन्धानबाट गएको २० वर्ष यतादेखि पानीजन्य यस्ता समस्याहरु प्रत्येक वर्ष बढ्दै गएको पाइएको देखिएको छ । यस्ता समस्याहरु पनि जलवायु परिवर्तनको प्रभावका कारणले नै देखिएको पनि सो संस्थाले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
- नेपालले टस जितेर फिल्डिङ गर्दै
- देशमा लगानीको वातावरण बन्दै गएको छ स् अध्यक्ष अग्रवाल
- बझाङमा उत्साहपूर्वक मतदान हुँदै
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया