काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुरसम्बन्धी मुद्दाका फरार अभियुक्त रामनाथ सिंहलाई पक्राउ गरेको छ । सीआईबीका अनुसार बैंकिङ कसुरअन्तर्गतको चेक बाउन्ससम्बन्धी मुद्दामा सिंहलाई बुधबार काठमाडौंको कमलपोखरीबाट पक्राउ गरिएको हो ।
महोत्तरी भगाहा गाउँपालिका वडा नं. ३ स्थायी घर भई हाल भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल बस्दै आएका सिंहलाई बैंकिङ कसुरको अभियोगमा पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ सिंहले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी २०७६ वैशाख १० गते प्रभु बैंकको भक्तपुर शाखाको चेक दिएका थिए । उक्त चेक नसाटिएपछि बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गर्दै उच्च अदालत पाटनबाट २०७७ माघ २० गते उनीविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम चार दिन कैद र ११ लाख रुपैयाँ जरिवाना हुने फैसला भएको थियो ।
उक्त फैसलालगत्तै फरार भएका सिंहलाई सीआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका सिंहलाई फैसला कार्यान्वयनको बिहीबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सेल्सवेरीका नयाँ दुई शाखा
- औद्योगिक जोखिम नियन्त्रण र प्रतिकार्य अभिमुखीकरण कार्यक्रम
- भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित
- सन् २०२६ महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा
- सम्मरीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
- महेशपुर भन्सारको गोदाममै सड्यो करोडौँको चिनी
- अड्डाहरूका कवाडी सामान र लिलाममा उदासीनता
- सफल साक्षरताका आधार र सात ‘स’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया