भारतमा एक अर्बभन्दा बढीलाई कोरोना विरुद्धको खोप लगाइयो
नयाँ दिल्ली । भारतमा एक अर्बभन्दा बढी मानिसलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलले एक अर्बभन्दा धेरै जनतालाई खोप लगाउन सफल हुनु ठूलो उपलब्धि भएको बताउँदै छिट्टै सबै जनतालाई खोप उपलब्ध गराइने जानकारी दिएका छन् ।
मन्त्री गोयलले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा उक्त अभियान सफल भएको बताउँदै लक्षित उमेर समूहका नागरिकलाई लगाउनका निम्ति यथेष्ट खोप मौज्दात रहेको जानकारी दिए । मन्त्री गोयलले प्रधानमन्त्री मोदीको प्रत्यक्ष निगरानी र उत्प्रेरणाले उक्त अभियानले छिटै ठूलो उपलब्धि प्राप्त गरेको विचार व्यक्त गरे ।
यसैगरी छोटो समयमै एक अर्बभन्दा बढी मानिसलाई खोप लगाउन सफल भएकामा प्रधानमन्त्री नरेन्द्र मोदीले चिकित्सक, नर्ससहित अग्रपंक्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरूप्रति आधार व्यक्त गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया