विमानस्थलको सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान बिन्दुतर्फको श्रम डेस्कको अनुगमन गरेका छन् । ‘आबुधाबी डाइलग’ मा सहभागि हुन दुबई प्रस्थान गर्नुअघि मन्त्री श्रेष्ठले श्रम डेस्कका साथै विमानस्थल परिसरमा राखिएको कोरोना द्रुत परीक्षण स्थलको समेत अनुगमन गरेका हुन् ।
कामका लागि खाडी मुलुक जान लागेका नेपाली श्रमिकहरूले मन्त्री श्रेष्ठसमक्ष दुई पटक कोरोना भाइरसको द्रुत परीक्षण गर्नुपरेको गुनासो गरेका थिए । चार घण्टाअघिको द्रुत परीक्षण रिपोर्ट ल्याएकाहरूले समेत विमानस्थल परिसरभित्रै परीक्षण गर्नुपर्ने नियमले झन्झट भएको गुनासो श्रमिकहरुले गरेका थिए । विमानस्थल परिसरभित्र हुने एन्टिजन परीक्षणमा महंगो शुल्क तिर्नुपरेको गुनासो पनि सेवाग्राहीले गरेका थिए ।
विमानस्थल परिसरमा राखिएको कोरोना द्रुत परीक्षण स्थलमा गरिएको निरीक्षणका क्रममा कतिपय विनाअनुमति संचालन गरिएको समेत पाइएको थियो । विमानस्थलमा गरिने एन्टिजन परीक्षणलाई व्यवस्थित बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सहित अन्य निकायसँग समन्वय गरिने मन्त्री श्रेष्ठले बताए । अध्यागमन, भन्सार, श्रम डेस्क, सुरक्षा लगायतका बिषयमा आइपर्ने समस्या तत्काल सम्बोधन गर्न र सेवा प्रवाहमा सुधार ल्याउन विमानस्थलमा कार्यरत सबै निकायहरुलाई मन्त्री श्रेष्ठले निर्देशन दिएको थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया