काठमाडौंमा ‘युके युनिभर्सिटी फेयर २०२१’ को आयोजना
काठमाडौं । एसआई युकेले ‘युके युनिभर्सिटी फेयर २०२१’ शैक्षिक कार्यक्रमको आयोजना गर्ने भएको छ । बेलायती विश्वविद्यालय शिक्षाको जानकारी दिने उद्देश्यले मंसिर ५ गते उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
हाल बेलायतले अध्ययनपछि विद्यार्थीहरुलाई दुई वर्षको कार्य अनुमति भिसा दिने गरेको छ । विभिन्न विश्वविद्यालयका शैक्षिक पद्धति, लाग्ने शुल्क, अध्ययनपछिको अवसरका बारेमा प्रत्यक्ष साक्षत्कार गर्नका लागि ‘एस आई युके युनिभर्सिटी फेयर २०२१’ अवलोकन गर्न आयोजकले आग्रह गरेको छ । बेलायत पढ्न जान चाहने नेपाली विद्यर्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने उद्देश्यले सन् २०१८ देखि नेपालमा शैक्षिक कार्यक्रम सेवा सुचारु गर्दै आएको एसआई युके नेपालका निर्देशक विनय अधिकारीले बताए । एसआई युकेले नेपालबाट मात्र नभई ३६ वटा देशमा ७६ ग्लोबल अफिसमार्फत प्रत्येक वर्ष ४० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई बेलायत र आयरल्यान्डमा उच्च शिक्षा हासिल गर्न परामर्श प्रदान गरिरहेको छ ।
उक्त शैक्षिक मेलामा बेलायतका प्रसिद्ध २० वटा विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई बेलायतमा अध्ययन अवसर र चुनौतीका बारेमा जानकारी गराउने छन् । शैक्षिक मेलामा युनिभर्सिटी अफ एबर्डिन, अन क्याम्पस क्याम्ब्रिज एजुकेसन ग्रुुप, वात्स् पा युनिभर्सिटी, डुर्हम यनिभर्सिटी, स्वासी युनिभर्सिटी, होम्स् इन्स्च्यिुट, क्वी मार्गेट युनिभर्सिटी, स्टडी ग्रुप, युनिभर्सिटी फर द क्रियटीभ आर्टस्, अक्सफोर्ड इन्टरनेशनल एजुकेशन ग्रुपलगायतका शैक्षिक संस्थाका प्रतिनिधिहरुले नेपाली विद्यार्थीलाई विशेष छात्रवृत्तिको समेत घोषण गर्नेछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
- जापानी विदेशमन्त्री योको कामिकावाको भ्रमण कोशेढुंगा बनोस्
- किन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?
- योजनाका लक्ष्य भेट्न धरातल बनाऔँ
- दि नेपाल डिस्टिलरिजले उखु खेती र कृषिको बृहत्तर विकासका लागि सहकार्य गर्ने
- लसुन खेतीबाट राम्रो आम्दानी
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया