खेर जाने खाद्यान्नबाट जापानमा बिजुली उत्पादन
टोकियो, माघ १७
जापानमा परित्याग गरिएको खानालाई रिसाइकल गरी विद्युत उत्पादन गर्ने नयाँ प्रविधि प्रयोगमा ल्याइएको छ । जेएफई इन्जिनियरिङ कर्पोरेसनले नयाँ प्रविधिको अनुसन्धान र निर्माणका लागि हालै ‘जे बायो फुड रिसाइकल’ कम्पनी खडा गरेको छ । यस कम्पनीले अगस्ट २०१८ मा परित्या गरिएको खानाबाट बायोग्यास बनाउने परियोजना शुरु गरेको थियो । जेएफई इन्जिनियरिङका अध्यक्ष हाजिमे ओशिताले औद्योगिक र फालिएको खानाको प्रयोग गरी एकीकृत सेवा सुरु गरिएको जानकारी दिए । उनले कम्पनीले हाल फोहोर संकलन, फोहोर बिसर्जन, ऊर्जा उत्पादन र विद्युत बिक्रीको कार्य थालेको बताए ।
ओशिताले भने, ‘यस्ता परियोजना जापानमा बिरलै देख्न पाइन्छ । यो परियोजनाले तीन वटा मुख्य पक्षलाई आत्मसात् गरेको छ – वातावरण, ऊर्जा र रिसाइकल । सबै किसिमका स्रोतहरुको प्रभावकारी प्रयोग गर्न सकिन्छ भन्ने नमूना देखाउन हामीले चाहेका छौं, र यो सफल पनि भएको छ ।’ यस परियोजनामा हरेक दिन ८० टन फोहोर खाद्यान्नलाई सूक्ष्मजीवीय विधिद्वारा प्रशोधन गरिन्छ, र मिथेन ग्यासको प्रयोगबाट विद्युत उत्पादन हुन्छ । खाद्यान्न कारखाना र अरु ट्रेन स्टेसनमा जम्मा हुने खाद्य फोहोरलाई संकलन गर्ने कार्यक्रम पनि सँगै सञ्चालन गरिएको छ ।
फोहोर उठाउँदा आउने शिशा, प्लास्टिक जस्ता नगल्ने फोहोरलाई छुट्याउने कार्य सम्पन्न भएपछि खाद्यान्नलाई कुहाउने प्रक्रिया सुरु हुन्छ, र अन्तमा बायो ग्यास तयार हुन्छ । मिथेनसँगको मिश्रणपछिको बायोग्यासको सहयोगमा विद्युत उत्पादन गरिन्छ । यो विद्युतलाई नवीकरणीय ऊर्जाका रुपमा बिक्री गरिन्छ । जे बायो फुड रिसाइकलका निर्देशक सातोरु उडागावाले कम्पनीसँग हाल ४ लाख घनमिटरका ठूल्ठूला ग्याँस भण्डारण ट्याँकहरु रहेको बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया