जी–२० ले कर्जा नदिए ‘धेरै मुलुकले आर्थिक संकट’ व्यहोर्नसक्छन् : आईएमएफ
अमेरिका । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बिहीबार जी–२० मा रहेका उन्नत अर्थतन्त्र भएका मुलुकलाई ऋण राहतको पहललाई विस्तार गर्न र सुधार गर्न आग्रह गरेको छ । सहायताविना धेरै देशले संकटको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।
आईएमएफ प्रमुख क्रिस्टालिना जर्जिएभाले आफ्नो ब्लगमा लेखेका छन्, ‘शक्तिशाली अर्थतन्त्र भएका जी–२० सदस्य राष्ट्रहरूले कर्जा पुनः संरचना योजना र राहतका सेवा निलम्बन रोक्न सहमत नभएसम्म केही देशहरूमा आर्थिक पतन देख्न सक्छौँ ।’
‘जी–२० डेट सर्भिस सस्पेन्सन इनिसिएटिभ’ (डीएसएसआई) नवीकरणविना वर्षको अन्तमा समाप्त हुँदै छ । नयाँ कोभिड–१९ भेरिएन्ट फैलिरहेको र ब्याज दर बढ्ने अनुमान गरिएझैँ देशहरूले वित्तीय दबाब र खर्चमा कटौती सामना गर्न सक्ने जर्जिएभाले बताए ।
जर्जिएभाले कोषको रणनीति, नीति र समीक्षा विभागका निर्देशक सिला पजारबासिओगलुद्वारा सह–लेखन गरिएको ब्लगमा भने, ‘कमजोर अर्थतन्त्र रहेका मुलुकहरूलाई कर्जाको चुनौतिका कारण संकट भइरहेको अवस्थामा अग्रगामी कदम चाल्नु जरुरी छ । हालैको ओमिक्रोन भेरिएन्ट संक्रमणले केही समयसम्म हामीबीच महामारी रहनेछ भन्ने कुराको स्पष्ट संकेत गर्दछ ।
कर्जा राहत कार्यक्रमको समस्या र निजी ऋणदाताहरूसँग व्यवहार गर्ने साझा ढाँचालाई ध्यानमा राख्दै अहिलेसम्म चाड, इथियोपिया र जाम्बिया गरी तीन देशहरूले मात्र राहतका लागि आवेदन गरेका छन् तर उनीहरूले पनि ‘गम्भीर विलम्बको’ सामना गरिरहेका छन् । यो संरचनाको प्रतिज्ञा पूरा हुन बाँकी रहेको र यसको लागि तुरुन्तै कदम चालिहाल्नुपर्ने उनले बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
- नेपालले टस जितेर फिल्डिङ गर्दै
- देशमा लगानीको वातावरण बन्दै गएको छ स् अध्यक्ष अग्रवाल
- बझाङमा उत्साहपूर्वक मतदान हुँदै
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया