आईएमएफ प्रमुख भन्छिन् : ओमिक्रोनले विश्व अर्थतन्त्र वृद्धिदरमा प्रभाव पार्न सक्छ
अमेरिका । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भर्खरै विश्वमा फैलिन थालेको कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’को कारण विश्व अर्थतन्त्रको वृद्धिदरमा प्रभाव पर्ने चेतावनी दिएको छ । आईएमएफकी प्रबन्धनिर्देशक क्रिस्टालिना जर्जिएभाले ‘रोयटर्सको नेक्स्ट सम्मेलन’मा यसको संकेत देखिएको बताएकी हुन् ।
ओमिक्रोन विश्वका ४० देशमा फैलिइसकेको छ । सर्वप्रथम गत हप्ता यो भेरिएन्ट दक्षिण अफ्रिकामा भेटिएको थियो । योसँगै धेरै देशले यात्रामा कडाइ गर्नथालिसकेका छन् । उनका अनुसार तीव्र गतिमा फैलिएको नयाँ भेरिएन्टले चिन्ता बढाएको र यसले अक्टोबरको विश्व आर्थिक वृद्धिदरको अनुमानमा ठेस लाग्नसक्ने देखिएको छ ।
यो भाइरसबारे धेरै कुरा अझै पत्ता लाग्न बाँकी छ । अनुसन्धाताहरु यसको अनुसन्धान गरिरहेका छन् । उनीहरुले यसको संक्रमण क्षमताा र अन्य प्रभावबारे अनुसन्धानमै छन् । यो भेरिएन्ट युरोपका विभिन्न भागमा र अमेरिकामा तीव्र दरमा फैलिरहेको बताइएको छ । यसले गर्दा यात्रा प्रतिबन्ध र लकडाउनको अवस्था सिर्जना भएमा अर्थतन्त्रहरुलाई अस्थिर बनाउनसक्ने देखिएको हो ।
विश्व स्वास्थ्य संगठनले पनि छिटो फैलिने क्षमता डेल्टा भेरिएन्टको भन्दा बढी रहेको बताएको छ । यसका लागि तयार हुन पनि डब्लुएचओले आग्रह गरेको छ ।
सन् २०१९ को अन्त्यतिर चीनमा देखिएको कोरोना भाइरसबाट हालसम्म २६ करोड ४० लाख मानिस संक्रमित बनिसकेका छन् । यसबाट ५४ लाख ९० हजार बढीको मृत्यु भइसकेको छ । युरोपमा मात्रै गत शुक्रबारसम्म कोरोनाबाट साढे सात लाख बढी संक्रमित भेटिइसकेका छन् ।
त्यसो त विश्वमा अहिले कोरोनाविरुद्धको खोप लगाउने कार्य पनि भइरहेको छ । विकसित देशका जनसंख्याले यसको धेरै लाभ लिएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया