मूलभूमि चीनसँगको सीमा बन्द गर्ने हङकङको घोषणा
हङकङ, माघ २१
पछिल्लो केही सातायता चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमणबाट जोगिन हङकङले मूलभूमि चीनसँगको सीमा बन्द गर्ने घोषणा गरेको छ । सोमबार हङकङकी नेतृ क्यारी लामले चीनबाट हङकङ प्रवेश गर्ने हरकोहीलाई रोक्न उक्त घोषणा गरेकी हुन् । सार्वजनिक दबाब बढ्दै गएपछि नेतृ लामले उक्त कदम चालेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । सीमा बन्द गरे पनि सिल गर्ने प्रस्ताव भने नभएको बताइएको छ ।
घोषणासँगै लो वु र लोक मा चाउ सीमाविन्दु सोमबार रातिदेखि नै बन्द भएका छन् । आवश्यकता अनुसार अन्य कदम चालिने लामले बताएकी छिन् । स्वास्थ्य स्वयंसेवकहरुले सोमबार पाँच दिने बन्दको घोषणा गरेपछि लाममाथि दबाब बढेको थियो । उनीहरुले पूरै सीमा बन्द गर्न माग गरेका छन् । पछिल्लो समय भाइरस फैलिनथालेपछि चीनबाट हङकङ आउनेको संख्या समेत घटेको बताइएको छ ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट सोमबारसम्म ३ सय ६२ जनाको मृत्यु भइसकेको छ भने हजारौँ संक्रमणको चपेटामा परेका छन् । चीनमा मात्रै ३ सय ६१ जनाको मृत्यु भएको छ । संक्रमण भने चीनसँगै हङकङ, मकाउ, अस्ट्रेलिया, कम्बोडिया, क्यानडा, फिनल्यान्ड, फ्रान्स, जर्मनी, भारत, इटली, जापान, मलेसिया, नेपाल, फिलिपिन्स, रुस, सिंगापुर, दक्षिण कोरिया, स्पेन, श्रीलंका, स्विडेन, ताइवान, थाइल्यान्ड, यूएई, यूके, अमेरिका र भियतनाममा फैलिइसकेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया