सुष्मा कोइराला अस्पतालले १८ वर्षमुनिका जलनपीडितको निःशुल्क उपचार गर्ने
काठमाडौं । सुष्मा कोइराला मेमोरियल अस्पतालले नेपालभरका १८ वर्षमुनिका एसिडलगायत जलनबाट पीडितहरुको निःशुल्क उपचार गर्न पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडसँग सम्झौता गरेको छ । एसिडलगायत जलनबाट पीडितको निःशुल्क उपचारका लागि निजी क्षेत्रबाट वार्षिक ६० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने सम्झौता भएको हो ।
सम्झौतामा पाल्पा सिमेन्टका तर्फबाट कार्यकारी निर्देशकद्वय विष्णुकुमार अग्रवाल र राजेशकुमार अग्रवाल अस्पतालका निर्देशक डा. सन्तोष भण्डारी र पीडितका लागि सहयोग उपलब्ध गराउन सक्रिय उज्वलविक्रम थापाबीच हस्ताक्षर भएको हो । सम्झौतापश्चात् पाल्पा सिमेन्टले अस्पताललाई उपलब्ध गराउने उक्त रकमबाट पीडितको निःशुल्क उपचार हुने बताइएको छ ।
२५ वर्षअघि स्थापना भएको काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालले जलेर अपाङ्ग वा अङ्गभङ्ग भएका १८ वर्षमुनिकालाई अपाङ्गरहित जीवनयापनमा सहज होस् भनेर निःशुल्क उपचारका लागि पाल्पा सिमेन्टसँग सहकार्य थालेको जनाएको छ । आर्थिक अवस्था कमजोर भएका र स्वास्थ्य उपचारबाट वञ्चितहरुलाई यो सहकार्यले मद्दत गर्ने इन्डष्ट्रिजले जनाएको छ । आगोले जलेर उपचार नहुँदा आउनसक्ने जटिलताका कारण विशेष गरी निम्न र मध्यम आए भएका बालबालिका र किशोरकिशोरी बढी पीडित छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया