महामारीमा अर्बपतिहरुको सम्पत्ति ५० खर्बले बढ्यो
अमेरिका । कोरोना महामारीले विश्वलाई गाँजिरहँदा अर्बपतिहरुले भने ५० खर्ब अमेरिकी डलरबराबर सम्पत्ति थप्न सफल भएका छन् । अक्सफामका अनुसार महामारीले विश्वमा दशौँ लाख मानिसलाई गरिबीतिर धकेलिरहँदा अर्बपतिहरु भने मालामाल भएका हुन् ।
फोर्ब्सले संग्रह गरेको तथ्यांकलाई प्रयोग गर्दै अक्सफामले बनाएको नयाँ प्रतिवेदनअनुसार अर्बपतिहरुको कुल सम्पत्ति सन् २०२० को मार्च महिनामा ८६ खर्ब अमेरिकी डलर थियो । तर सन् २०२१ को नोभेम्बरसम्म आइपुग्दा त्यो बढेर १ सय ३८ खर्ब डलर पुगेको हो । जुन यसअघिका १४ वर्षको तुलनामा ठूलो वृद्धिदर हो । विश्वका १० धनाढ्यको सम्पत्ति दोब्बरले बढेको देखिएको छ । उनीहरुको सम्पत्तिमा एकै दिन १ अर्ब ३० करोड डलरले वृद्धि भएको छ । अनलाइनमाध्यमबाट हुनलागेको वर्ल्ड इकोनोमिक फोरमको डाभोस एजेन्डाअघि यस्तो प्रतिवेदन सार्वजनिक भएको हो ।
सम्मेलन यही हप्ता हुँदै छ । ओमिक्रोनका कारण सम्मेलनमा ढिलाइ गरिएको थियो । अक्सफामले सरकारहरुले महामारीका बेला धेरै आर्जन गरेका धनाढ्यबाट धेरै कर असुल्नुपर्ने जनाएको छ । त्यसरी संकलित रकम स्वास्थ्य प्रणाली सुधार, खोपको भुक्तानी, भेदभावविरुद्ध र जलवायु संकट समाधानमा खर्च गर्न पनि अक्सफामले सुझाएको छ । विश्व बैंकको अनुमानमा सन् २०२० मा ९ करोड ७० लाख मानिस अत्यन्त गरिबीमा परेका छन् । उनीहरु दुई डलर प्रतिदिनभन्दा मुनि बाँचिरहेका छन् ।
रिपोर्टअनुसार टेस्लाका सीईओ इलोन मस्क, अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति महामारी कालमा दोब्बरले बढेको छ भने विश्वको ३ अर्ब १० करोड गरिब मानिसको सम्पत्तिभन्दा छ गुणा ठूलो भएको छ । वारेन बफेट, मार्क जुकरबर्ग, बिल गेट्स, इलोन मस्क, जेफ बेजोस, स्टिभ बाल्मेर, ल्यारी एलिसन, बर्नार्ड आर्नो, सर्जे ब्रिन, ल्यारी पेजलगायतका अर्बपतिहरु अझ धेरै धनी बनेका छन् । सीएनएनबाट
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
- सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया