रियाद, माघ २४
साउदी अरबको राजधानी रियादमा बर्डफ्लुको संक्रमण भएको पुष्टि गरिएको छ । रोगजन्य भाइरसका रुपमा रहेको बर्डफ्लु एउटा चरा फार्ममा देखिएको साउदी अरबको वातावरण, पानी तथा कृषि मन्त्रालयले पुष्टि गरेको हो । अहिले घटनास्थल र अन्य शंकास्पद तथा सम्भावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको अधिकारीको भनाइ छ । उनीहरुले आवश्यक परीक्षण, अध्ययन, अनुसन्धान भइरहेको पनि जनाएका छन् ।
साउदी अरबका कृषि अधिकारीहरुले सबै परीक्षण र उच्च सतर्कता अपनाउने कार्य भइरहेकाले मानव स्वास्थ्यमा भने कुनै खतरा नरहेको दाबी गरेका छन् । साउदी अरबको एउटा पत्रिकाले लेखेको समाचारअनुसार बेलैमा थाहा पाएर नियन्त्रणका उपायहरु तत्काल अपनाउन सकिएकाले थप फैलिन नपाएको अधिकारीहरुले बताएका छन् । मन्त्रालयका प्रवक्ता अब्दुल्लाह अबा अल खाइलले बर्डफ्लुको भाइरस संक्रमण भएको चरालाई नष्ट गरिसकिएकाले अब मानिसमा फैलिने सम्भावना नरहेको जानकारी दिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया