नयाँ दिल्ली । भारतीय अर्बपति गौतम अदानी आफ्नै देशका मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै धनी बनेका छन् । ब्लुम्बर्गको विश्व अर्बपति सूचीअनुसार एसियाको धनाढ्यमा अदानीको उदय भएको हो ।
५९ वर्षीय उनी अदानी ग्रुपका संस्थापक हुन् । उनले बन्दरगाहदेखि हवाइ हुँदै थर्मल ऊर्जा र कोइलासम्मको कम्पनीमा स्वामित्व लिएका छन् । ब्लुमबर्ग बिलेनियर इन्डेक्सअनुसार अदानीको सम्पत्ति ८८ अर्ब ५० करोड अमेरिकी डलर रहेको छ । विश्वका अन्य अर्बपतिजस्तै अदानीको सम्पत्ति पनि महामारीका बेला ह्वात्तै बढेको थियो ।
सीएनएनका अनुसार गत वर्ष यही बेला उनीसँग ४० अर्ब डलरभन्दा कम सम्पत्ति थियो । एकै वर्षमा ह्वात्तै सम्पत्ति बढेपछि उनले भारतकै ऊर्जादेखि प्रविधिसम्मका उद्यमी मुकेश अम्बानीलाई उछिन्दै विश्वको १० धनाढ्य सूचीभित्र अटाउन सफल भएका हुन् । भारतीय सेयरबजारमा महामारीका बेला अदानी इन्टरप्राइजेसको सेयर मूल्य एक हजार प्रतिशतभन्दा धेरैले बढेको थियो । सेयर मूल्य सन् २०२० को जुनयता निरन्तर बढिरहेको थियो । जसलाई अदानीप्रति लगानीकर्ताको विश्वास बढेको रुपमा हेरिँदै आएको थियो ।
खासगरी पूर्वाधार र नवीकरणीय ऊर्जाजस्ता क्षेत्रमा लगानीकर्ताको मन जित्न अदानी सफल देखिएका छन् । जुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक विकास लक्ष्यभित्र पर्छ । अदानीको उदयसँगै अम्बानी भने विश्वको ११औँ धनाढ्य बनेका छन् । उनको सम्पत्ति ८७ अर्ब ९० करोड डलर रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया