एभरेष्ट अस्पतालमा ‘ग्याष्ट्रो लिभर फाउण्डेसन नेपाल’ सञ्चालनमा
काठमाडौं । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताल प्रालिले करिब २० वर्षदेखि एउटै छानामुनि विभिन्न सेवा दिँदै आएको छ । साथै अस्पतालले नयाँ नयाँ सेवा पनि सञ्चालनमा ल्याइरहेको छ । जसमध्येको एक हो, ग्याष्ट्रो लिभर फाउण्डेसन नेपाल ।
अस्पतालले यस फाउण्डेसन करिब दुई वर्षदेखि सञ्चालनमा ल्याएर निरन्तर सेवा दिँदै आएको छ । यस फाउन्डेसनका अध्यक्ष तथा पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेश कुमार कश्यप छन् भने अर्का विशेषज्ञ डा. अवशेष भण्डारी पनि यसै फाउन्डेसनमा कार्यरत छन् । डा. कश्यपका अनुसार यस फाउन्डेसनले हाल ग्याष्ट्रोसँग सम्बन्धित इन्डोस्कोपी, कोलोनेस्कोपी, कब्जियत तथा पायल्स, पेट दुःख्ने दिसामा रगत आउनेजस्ता सम्पूर्ण रोगको उपचार गर्नुको साथै लिभरसँग सम्बन्धित हेपाटाइटिस एदेखि ईसम्म, सिरोसिस, लिभर क्यान्सर, फ्याटी लिभरसँग सम्बन्धित सम्पूर्ण रोगको उपचार गरिन्छ । सानो र ठूलो गरी मान्छेका दुईखाले आन्द्रा हुन्छन् । मलद्वारबाट दूरबिन छिराई ठूलो आन्द्राको सबै र सानोको तल्लो भाग जाँच्ने मेडिकल प्रविधि कोलोनोस्कोपी हो । आन्द्रामा मासु पलाएको वा अल्सर भएको छ भने कोलोनोस्कोपीबाट सहजै पत्ता लाग्छ । आन्द्राको भित्तामा देखा परेको स–सानो खोट निकाल्नेदेखि शंकास्पद मासुको टुक्रा निकालेर वायोप्सी गर्न पठाउनेसम्मको काममा कोलोनोस्कोपीको प्रयोग हुन्छ । यसले एक मिलिमिटरसम्मको मासु पलाएको खुट्याउँछ ।
ठूलो आन्द्रा र मलद्वारबीचको भागलाई सिग्मोइड भनिन्छ । मलद्वारबाट सिग्मोइडमा दूरबिन छिराएर गरिने जाँचलाई सिग्मोइडोस्कोपी भनिन्छ । कोलोनोस्कोपीले पूरै आन्द्रा (मलद्वारबाट करिब पाँच फिटसम्म) जाँचिन्छ भने सिग्मोइडोस्कोपीले दुई फिटसम्म मात्र जाँच्न मिल्छ । दिसामा अनायास रगत देखियो वा दिसा कालो भयो भने तुरुन्त जँचाउनुपर्छ । त्यसरी दिसा जाँच्दा रक्तकणिका भेटिएमा, कसैको दिसा एकाएक कहिले पातलो हुने, कहिले कब्जियत हुने भएमा, उमेर ढल्केका मानिसहरूमा विना कारण रक्तअल्पता हुँदा र अन्य लक्षणहरूबाट आन्द्रामा क्यान्सर लागेको शंका लागेमा कोलोनोस्कोपी गराउनुपर्छ । त्यस क्रममा आन्द्रामा मासु पलाएको वा घाउ भएको देखिएमा वायोप्सी गरेर क्यान्सर भएको वा नभएको खुट्याइन्छ । आन्द्रामा कुनै पनि ठोस पदार्थ (दिसा) नभएको अवस्था बनाएर कोलोनोस्कोपी गराउँदा सबै भागमा राम्ररी जाँच गर्न सजिलो हुन्छ ।
नेपालका धेरै मानिसहरु कोलोनोस्कोपीबारे अनविज्ञ छन् । काठमाडौं उपत्यकाबाहिरका केन्द्रीय अस्पतालमा पनि यो प्रविधि उपलब्ध छ । तर जनचेतना अभावका कारण कोलोनोस्कोपीको प्रयोग न्यून भएको कश्यप बताउँछन् । सिकिस्त भएर मात्रै अस्पताल पुगेर कोलोनोस्कोपी गर्ने चलनले धेरैलाई बर्बाद बनाएको उनको भनाइ छ । उनका अनुसार धेरैले कोलोनोस्कोपी महंगो छ भन्ने गरेका छन् । तर यो महंगो छैन । सस्तोमै उपचार गर्न सकिन्छ । सस्तोमा पनि गर्न नसक्नेका लागि ग्यास्ट्रो लिभर फाउण्डेसन नेपाल विकल्प हुनसक्छ । पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखलेश कुमार कश्याप र अवशेष भण्डारीले साँझ ५ बजेदेखि ७ बजेसम्म ओपीडी सेवा निरन्तर रुपमा सञ्चालन गर्दै आएको यस फाउण्डेसनको अध्यक्ष डा. कश्यपले बताए । यस फाउण्डेसनको कार्यालय नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पताल भएको भवनको चौथो तल्लामा छ । पेटको समस्या रहेका जो कोहीलाई निःशुल्क काउन्सिलिङ गरिन्छ । काठमाडौं उपत्यकाबाहिर भएकाहरुले पनि यहाँ सम्पर्क गर्न सक्छन् । जसका लागि एभरेष्ट अस्पतालको फोन नम्बर ०१४७९१२९४, ०१४७९३०२४, ९८०३५२९१२६ मा अग्रिम नाम टिपाएर आफ्नो समस्याको उपचार गराउन सकिनेछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया