अफगानिस्तानले पायो तीन करोड २० लाख अमेरिकी डलर
काबुल । अफगानिस्तानले बुधबार मानवीय नगद सहयोगका लागि तीन करोड २० लाख अमेरिकी डलर बराबरको नगद् रकम प्राप्त गरेको अफगानिस्तानको केन्द्रीय बैंकले जनाएको छ ।
‘द अफगानिस्तान बैंक’ (डीएबी) ले आफ्नो आधिकारिक ट्वीटरमार्फत् उक्त कुरा सार्वजनिक गरेको हो । ‘अफगानिस्तानलाई मानवीय सहायताको प्रतिवद्धता अन्तर्गत पछिल्लो तीन करोड २० लाख अमेरिकी डलरको मानवीय सहायताको १५ औं चरणको सहयोग अफगानिस्तान आइपुगेको छ । उक्त रकम अफगानिस्तान इन्टरनेशनल बैंक (एआइबी) मा जम्मा गरिएको छ’, डीएबीले भनेको छ ।
अन्तर्राष्ट्रिय समुदायको मानवीय सहयोगको मूल्यांकन गर्दै डीएबीले यस क्षेत्रमा अझ बढी सहयोगको माग गरेको छ । अन्तर्राष्ट्रिय समुदायले गत हप्तान्तसम्ममा नौ करोड ६० लाख अमेरिकी डलरको मानवीय सहयोगको प्रतिवजद्धता गरेको छ भने यसलाई क्रमशः अफगानिस्तान पठाइनेछ । यो सहयोग गत सप्ताह अन्तदेखि नै मुलुकमा आइपुगेको बैंकले जनाएको छ ।
उक्त बैंकले जारी गरेको तथ्यांकअनुसार युद्धग्रस्त एसियाली यस मुलुकले गत वर्षको अगस्ट महिनाको मध्यतिर तालिबानले अफगानिस्तान कब्जा गरेदेखि ३४ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी नगद सहयोग प्राप्त गरेको थियो ।
तालिबानको अफगानिस्तान कब्जापछि संयुक्त राज्य अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको नौ अरब अमेरिकी डलरभन्दा बढी सम्पत्ति रोक्का गर्ने घोषणा गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया