राजस्व तिर्न बाँकी हेलिकोप्टरहरूको छानबिन गर्न समिति गठन
सोलुखुम्बु । गरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुले हेलिकोप्टरहरूले राजस्व तिर्न बाँकी रहेको विषयमा छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । निकुञ्ज क्षेत्रमा उडान गर्ने हेलिकोप्टरहरूले तोकिएको राजस्व छल्ने क्रम बढेसँगै निकुञ्जले छानबिन समिति गठन गरेको हो ।
छानबिनका लागि सहायक संरक्षण अधिकृत मनोज कुमार मण्डलको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन गरेको प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए । उनले भने, ‘समितिले राजस्व असुल गर्न बाँकी रहेको हेलिकोप्टर कम्पनीहरूको सूची तयार गर्ने, उनीहरूलाई टेलिफोन गरी ताकेता गर्नेजस्ता कामहरू गर्नेछ ।’ समितिले फागुन १३ गतेभित्रमा अध्ययन र छानबिन गरेर कार्यालयलाई प्रतिवेदन पेस गर्नेे उनले बताए ।
सगरमाथा राष्ट्रिय निकुञ्जले आफ्नो कार्यक्षेत्रमा उडान गर्ने हेलिकोप्टरलाई प्रतिपटक तीन हजार रूपैयाँ र नेपाली पाइलटलाई एक सय रूपैयाँ, सार्क मुलुकका पाइलटलाई एक हजार पाँच सय तथा अन्य मुलुककालाई तीन हजार रूपैयाँ शुल्क लिनेगरेको छ । निकुञ्जले यसअघि हेलिकोप्टर अवतरण शुल्क मात्रै लिँदै आएको भए पनि गत वैशाख २८ बाट पाइलटलाई पनि शुल्क लिन थालेको छ । तर हाल एक करोड रूपैयाँभन्दा बढी राजस्व हेलिकप्टोर कम्पनीहरूले निकुञ्जलाई राजस्व तिर्न बाँकी रहेको कार्यालयले जनाएको छ । जसका कारण करोडभन्दा बढी रकम निकुञ्जको बेरुजु देखिएकाले रकम उठाउन ताकेता गरेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया