काठमाडौं, माघ २८
डिशहोमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले डिशहोममा डिलर दाइ डिस्काउन्ट नामक अफर ल्याएको छ । उक्त योजनाअनुसार डिशहोमका डिलरहरुमार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरेबापत एड–अन प्याकेजसहित विक्ली लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ । हप्तामा दुई जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति एक लाख नगद उपहार जित्ने डिशहोमले जनाएको छ । विक्ली लक्की ड्र कार्यक्रम सोमबारबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागि मात्र लागू हुने बताइएको छ ।
विक्ली लक्की ड्र फागुन २ गतेबाट डिशहोमको शोकेस च्यानल नम्बर १०० मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ । प्रत्येक हप्ताको शुक्रबारदेखि बिहीबारसम्म वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई आउने शुक्रबारको लक्की ड्रमा समावेश गरिने कम्पनीले जनाएको छ । फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई मात्र विक्ली लक्की ड्रमा समावेश गरिनेछ ।
समावेश भएका ग्राहकहरुको डिश होम सेट–टप बक्सको क्यास आईडीको आधारमा विजेताको घोषणा गरिने बताइएको छ । विजेताको घोषणा डिजिटल प्रणालीबाट गरिनेछ । नेपालभरि रहेका जुनसुकै डिशहोमका डिलरहरुमार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउनसक्ने डिशहोमले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया