सुबास दोलखा । पछिल्लो समय दोलखा ग्रामीण भेगका कृषक व्यावसायिक मौसमी तथा बेमौसमी खेतीमा चासो दिन थालेका छन् । घर–घरमै खानेपानीको पहुँच पुगेपछि जिल्लाका दर्जनौँ किसानहरू मौसमी तथा बेमौसमी खेती गर्नतर्फ ध्यान दिन थालेका हुन् ।
यस्तै जिल्लाको बैतेश्वर गाउँपालिका–३ पाइलेका दर्जन बढी कृषकले यतिबेला बारीमा लसुन, आलु, केराउ, तोरी, प्याज र लसुनलगायतका बाली लगाएका छन् । यहाँका गोपाल कार्की र बिन्दा कार्कीले करिब एक रोपनी बारीमा लसुन खेती गरेको सुनाए । लसुन खेतीबाट नै उनीहरूले एक पटकमा एक लाखभन्दा बढी कमाउने गरेको गोपाल कार्कीले बताए । घरमा प्रयोग भएर फालेको पानीलाई सदुपयोग गरेर लसुनमा लगाउने गरेकाले सिँचाइको लागि पानी पनि प्राप्त पुग्ने उनको भनाइ छ । बर्खामा कमाइ लगाएर हिउँदमा खाली बस्ने बारीमा लसुनखेती गरेको कार्कीले सुनाए । त्यस्तै उनकी बुहारी बिन्दा कार्कीले पनि बारीमा लगाएको लसुनबाट ६० हजार रुपैयाँसम्म आम्दानी लिने गरेको बताइन् । गाउँमा प्रायः सबैले खेतबारीमा लसुनखेती गरेका छन् ।
यस्तै यहाँका कृषकले बेमौसमी अन्तरजाति बालीको खेतीमा समेत चासो देखाएका छन् । केही वर्षअघिसम्म खानेपानीको जोहो गर्न धौधौ रहेको पाइलेमा अहिले चैत वैशाखको सुक्खा समयमा पनि अन्तरजाति बेमौसमी खेतीले बारीका पाटाहरू हराबरा र हरियाली देखिएका छन् । बैतेश्वर गाउँपालिकाले विभिन्न गैरसरकारी संस्था र पालिकाको अनुदानमा ८० प्रतिशत बस्तीमा खानेपानीको पहुँच पुगेको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया