तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी दुई वडामा निर्वाचित
तनहुँ । तनहुँमा नेकपा एमाले सात, नेपाली कांग्रेस पाँच र नेकपा माओवादी केन्द्र दुई वडामा विजयी भएको छ । एमालेबाट जिल्लाको देवघाट गाउँपालिका–१ मा मणिराज गुरुङ, बन्दीपुर–४ मा दानबहादुर थापा, भीमाद–२ दिनेश थापा, भीमाद–३ मा पदमसेन ठकुरी, म्याग्दे १ मा मणिभद्र वाग्ले, म्याग्दे –३ मा टुकराज अधिकारी र घिरिङ गाउँपालिका– २ मा नरबहादुर थापा विजयी भएको नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकालले जानकारी दिए ।
यसैगरी नेपाली कांग्रेसबाट ऋषिङ गाउँपालिका–२ मा दलबहादुर थापा, शुक्ला–१ मा रवीचन्द्र पौडेल र वडा नं २ मा सुमन राना, भीमाद नगरपालिका–१ मा दीपक आले तथा देवघाटमा मीनराज राना विजयी भएकोे नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।
त्यसैगरी नेकपा माओवादी केन्द्रबाट जिल्लाको आँबुखैरेनी गाउँपालिका–१मा प्रेमबहादुर गुरुङ र ऋषिङ गाउँपालिका–१ मा कुशबहादुर थापा विजयी भएको नेकपा माओवादी केन्द्रका जिल्ला नेता अतिन्द्रकेशरी न्यौपानेले जानकारी दिए । ऋषिङ १ मा नेकपा माओवादी केन्द्र र एमालेबीच गठबन्धन भएको थियो ।
तनहुँको दश पालिकामध्ये नौ पालिकामा मतगणना कार्य जारी भए पनि व्यास नगरपालिका–८ मा भएको विवादका कारण मतगणना हुनसकेको छैन । उक्त वडाका दुई मतदान केन्द्रमा पुनः जेठ ४ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान गर्ने निर्णय भएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया