काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार सात सय ८५ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार पाँच सय ४६ जनाले पीसीआर र एक दुई सय ३९ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सो अवधिमा नौ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६६ हजार नौ सय १३ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कसैले पनि कोभिडविरुद्धको खोप लगाएका छैनन् । हाल सक्रिय संक्रमितको संख्या एक सय ३९ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ५२ पुगेको छ । होम आइसोलेसनमा एक सय ३९ जना संक्रमित रहेका छन् ।
हाल देशभरमा दुई सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरू कुनै पनि छैनन् । शून्य संक्रमित रहेका जिल्लाहरुमा ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, पाँचथर, संखुवासभा, तेह्रथुम, धनकुटा, पर्सा, सप्तरी, रौतहट, दोलखा, भक्तपुर, धादिङ, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, कास्की, स्याङजा, रुकुम पूर्व, कपिलवस्तु, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ र डडेल्धुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३१ र ललितपुर १२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया