बीवाईडी नेपालको ब्रान्ड एम्बेसडरमा हरिवंश आचार्य
काठमाडौं । नेपालका लागि बीवाईडी अटो उद्योग कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले आफ्नो ब्रान्डलाई प्रतिनिधित्व गर्नका लागि नेपाली सिनेजगत्का प्रख्यात व्यक्तित्व हरिवंश आचार्यलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
नेपालमा विद्युतीय गतिशीलता प्रवर्द्धन गर्न दुवै पक्षले शनिबार बीवाईडी डिलर मिटको अवसर पारी सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यस अवसरमा आचार्यले हालको अवस्थाले ईभीमा स्विच गर्नुपर्ने आवश्यकतालाई स्पष्ट चित्रण गरेको बताएको थिए । साथै उनले विश्वव्यपी रुपमा मानिसहरुले इन्धनबाट चल्ने कारहरु प्रभावकारी नभएको र यो पृथ्वीकै लागि ठूलो खतरा भएको महसुस गरेको बताए । ‘सडकमा सफा सवारीहरुको संख्या बढाउने प्रयासमा सामेल हुन पाउँदा धेरै खुसी छु’, उनले भने । आफ्ना कार्यहरुमार्फत दर्शकहरुलाई अर्थपूर्ण सन्देश र नवीन विचारहरु प्रस्तुत गर्न सफल तथा बहुमुखी अभियानका परिचित हरिवंश आचार्यले धेरै सामाजिक परियोजनाहरुमा काम गरी परिवर्तनकारी कामहरु गरिरहेका छन् । उनले आजसम्म गरेका उत्कृष्ट कामहरु र उत्कृष्ट जीवनशैलीका लागि प्राविधिक आविष्कारहरु सिर्जना गर्ने बीवाईडीको भिजन मिल्दोजुल्दो रहेको कम्पनीको दाबी छ ।
ब्राण्ड एम्बेस्डरद्वारा गरिने प्रचारप्रसारले नेपालीहरुमा विद्युतीय गतिशीलता र यसका फाइदाहरुका बारेमा चेतना जगाउने र कम्पनीको ब्राण्ड निर्माण गर्न तथा ग्राहकहरुको विश्वास प्राप्त गरी मन जित्न उल्लेखनीय योगदान पु-याउने बताइएको छ । यसका साथै पेट्रोलियम पदार्थको निरन्तर आकाशिएको वर्तमान परिस्थितिमा इन्धनको संकट, जलवायु र वातावरणीय समस्याहरुको दीर्घकालीन समाधान भनेकै विद्युतीय उत्पादनहरुको क्षमता र उपयोगलाई बढाएर दिगो भविष्यतर्फ अगाडि बढ्नु रहेको कम्पनीको भनाइ छ । कम्पनीको ब्राण्ड एम्बेसडर हरिवंश आचार्यको साथसँगै निकट भविष्यमा नेपाललाई विद्युतीय बनाउन विद्युत् क्रान्ति गर्ने लक्ष्य बीवाईडीले राखेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
- नेपालले टस जितेर फिल्डिङ गर्दै
- देशमा लगानीको वातावरण बन्दै गएको छ स् अध्यक्ष अग्रवाल
- बझाङमा उत्साहपूर्वक मतदान हुँदै
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया