Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुराँस लाइफ इन्स्योरेन्स कम्पनी १४औँ वर्षमा प्रवेश

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी १४औँ वर्षमा प्रवेश


काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी १४औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्पनीले गुराँस लाइफ इन्स्योरेन्सको १४ वर्ष सम्मको निरन्तर यात्रामा सहयात्री भई साथ दिने बीमितहरू, अभिकर्ताहरू, ग्राहकहरू, सेयरधनी, नियामक निकायहरू एवं साझेदार संस्थाहरू तथा शुभचिन्तकहरूमा हार्दिक धन्यवाद तथा हार्दिक आभार प्रकट गरेको छ ।

यस अवधिमा हाम्रो कम्पनीले हाँसिल गरेको उन्नति प्रगतिकै फलस्वरूप जीवन बीमा बजारमा सशक्त र स्थापित कम्पनीको रूपमा रहेकोमा हामी गौरवान्वित छौँ, कम्पनीले भनेको छ । आगामी दिनमा समेत जीवन बीमाको व्यवसायमा अझ क्रियाशील भई सुदृढ र स्तरीय सेवा प्रदान गर्दै बीमितहरूको सर्वोपरि हितका लागि समर्पित रहिरहने जानकारी कम्पनीले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया