चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
नयाँ दिल्ली । भारतकै ठूलो सिमेन्ट उत्पादक कम्पनी अल्ट्राटेक सिमेन्टले रुसबाट ठूलो परिमाणमा कोइला आयात गरिरहेको छ । तर यसको भुक्तानी भने उसले चिनियाँ युआनमा गरिरहेको रोयटर्सले जनाएको छ । भारतको भन्सार कागजातबाट यस्तो तथ्य खुलेको हो । यसलाई विरलै हुने मानिएको छ । व्यापारीहरुले भने यसलाई सामान्य नै मानेका छन् ।
अल्ट्राटेकले एक लाख ५७ हजार टन कोइला रुसी उत्पादक सुएकबाट आयात गरिरहेको छ । कम्पनीले रुसी सुदूरपूर्वी बन्दरगाह भानिनोबाट गरिरहेको कागजातले देखाएको छ । यसअनुसार जुन ५ मा उक्त कम्पनीले १७ करोड २६ लाख ५२ हजार नौ सय युआन अर्थात् दुई करोड ५८ लाख १० हजार अमेरिकी डलरको तेल आयात गरिएको हो । तर यो आयातको भुक्तानी भने उसले युआनमा गरिरहेको देखिएको छ ।
तेलको कार्गोको बिक्री सुएकको दुवईमा रहेको युनिटले गरेको बताइएको छ । मुख्य कुरा त पश्चिमा देशको प्रतिबन्ध झेलिरहेको रुसका लागि भने यो भुक्तानी सामान्यीकरण महत्वपूर्ण हुने देखिएको छ । पश्चिमा देशहरुले अहिले रुसमाथि युक्रेनमा आक्रमण गरेको भन्दै आर्थिक प्रतिबन्धहरु लगाइरहेका छन् । तर यसबारे दुवै कम्पनीले बताउन भने केही चाहेनन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया