नेपाली बोल्ने रोबर्ट बनाएका जुम्ल्याहा दाजुभाईले बनाए आफै चिया बेच्ने मेसिन
गुल्मी । नेपालमै पहिलो पटक आफै चिया बेच्ने मेसिन बनेको छ। गुल्मीका १८ वर्षिय जुम्ल्याहा दाजुभाई लभकुस पन्थीले उक्त मेसिन बनाएका हुन्।
लभकुसले बनाएको उक्त मेसिनको नाम ‘टि स्क्यान’ राखिएको छ। टि स्क्यानले मानविय सहायता बिना नै चिया बनाएर दिन्छ। टि स्क्यानको माथिल्लोपट्टि क्युआर कोड राखिएको छ। ग्राहकले स्क्यान गरेर पैसा तिरेको केही मिनेटमा नै कप नभरिनसम्म चिया आफै झर्छ ।
विषेशगरी व्यक्तिहरुले थरमसमा राखेर चिया बेच्न हिडिरहेको देखेपछि मेसिन बनाउन प्रेरित भएको उनीहरुको भनाई छ। ‘काठमाडौँमा बस्ने क्रममा बसपार्क, एयरपोर्ट तथा अन्य मेलाहरुमा थरमसमा राखेर चिया बेच्ने गरेको देखेका थियौं।’ उनीहरुले भने, ‘त्यसपछि मेसिन बनाउने सोच आएको हो।’
मेसिनमा १ पटकमा पाँच लिटरसम्म चिया राख्न सकिने छ। एकपटक मेसिनमा पानी, दुद्य, चिनी, चियापत्ति राखेपछि सबै काम मेसिनले आफै गर्ने छ। जसले गर्दा कुनै चिया व्यापारिले थर्मसमा बोकेर हिड्नु नपर्ने उनीहरु बताउँछन्। साथै चिया व्यापार गर्नकै लागि सटर खोलेर महँगो भाडा तिर्नु नपर्ने र पसल कुर्ने समय अर्काे काम गर्न सकिने पन्थी दाजुभाईको भनाई छ। एक पटक पाकेको चिया कम्तिमा सात घण्टासम्म सोही तापक्रममा रहेने उनीहरुको दाबी छ।
साथै विद्यार्थीहरुले पनि यसको राम्रो सदुपयोग गर्न सकिने बताउँछन् पन्थी दाजुभाई । कलेज पढ्ने विद्यार्थीले कलेजकै छेउछाउँमा प्रयोगमा ल्याउन सकेपनि पढाई र व्यापार एकैसाथ गर्न सकिने उनीहरु बताउँछन्।
यो मेसिन इलेक्ट्रीक भएको हुँदा एलपिग्याँसको महँगिबाट बच्न सकिन्छ भने सरकारको विद्युत खपत गर्ने नीतिलाई पनि सघाउँछ। गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नं ७ मा घर भई हाल बुटवल बस्दै आयेका जुम्ल्याहा दाजुभाइ लवकुसले विगतमा धेरै रोबोट बनाइसकेका छन्। उनीहरुले नेपालकै पहिलो नेपाली भाषा बोल्ने रोबोट, कोरोनाको समयमा आइसोलेशन वार्डमा प्रयोग गर्न सकिने नर्स रोबर्ट बनाएका थिए। यसबाट उनीहरु पुरस्कृत समेत भएका थिए।
मध्यम वर्गिय परिबारका दाजुभाई आर्थिक रुपमा त्यत्ति सबल छैनन् । जसले गर्दा रोबर्टकै उत्पादनलाई व्यापक व्यावसायीक तवरबाट अगाडी बढाउन सकेका छैनन्। ‘साथ सहयोग खासै कतैबाट छैन त्यसैले जति उत्पादन गरियो त्यत्तिमै सिमितता रहको छ।’ उनले भने, ‘राष्ट्रले आवश्यकता ठान्ने र आविष्कारको लागि सहयोग मिल्ने हो भने रोबर्टलाई नै निरन्तरता दिन सकिन्छ।’
चिया बेच्ने मेसिनले भने बजार पाउने उनीहरुको अपेक्षा छ। सस्तो र उपयोगि हुने हुँदा यसले व्यावसायीक रुप लिउने दुई दाजुभाई ढुक्क देखिन्छन् । मेसिनको मुल्य मात्रै २९ हजार ९९९ रुपैयाँ राखिएको छ।
क्याटेगोरी : बिशेष
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया