काठमाडौं । नेशनल कलेज अफ कम्युटर स्टिडिजले ‘कुकिङ कम्पिटिसन २०२२’ प्रतियोगता सम्पन्न भएको छ । प्रतियोगितामा भाग लिएका समूहरुमध्ये प्रथम अन्नपूर्ण टिम, द्वितीय ल्होत्से टिम र तृतीय माछापुच्छ्रे टिम भएको छ ।
प्रतियोगितामा १०१४ अंक ल्याई अन्नपूर्ण टिमबाट मनित गुरुङ र त्यसयाङ शेर्पा प्रथम, ९१३ अंक प्राप्त गरेर टिम लोत्सेका अनिमा महर्जन र रिहा वज्राचार्य द्वितीय र ८५५ अंक प्राप्त गरेर माछापुच्छ्रे टिमका अलिसा गुरुङ र विमला गुरुङ तृतीय भएका हुन् । एनसीसीएस स्टार चिफ कम्पिटिसन २०२२ एनसीसीएस कलेजका भाइस प्रिन्सिपल सन्तोष राज मास्केले कुकिङ कम्पीटिसन २०२२ ले विद्यार्थीहरुको क्षमता र नेपाली खानालाई नपाली तथा विदेशीलाई चिनाउन सफल भएको बताए । उनले कार्यक्रमले विद्यार्थीको क्षमता र सीप विकासमा सहयोग गरकेो बताए । प्रतियोगितामा निर्णयकका रुपमा भने प्यानल चिफ पदम आले मगर, चिफ राम कृष्ण श्रेष्ठ, चिफ सुशील मानन्धर, चिफ रिकेस मानन्धर रहेका थिए । निर्णयकहरुले खाना निर्माण समय, स्वाद, प्रस्तुतीकरणलाई हेरी प्रथम, द्वितीयलगायत छनौट गरेका थिए ।
प्रतियोगितमा माछापुच्छ्रे ल्होत्से, मकालु, कैलाश, धौलागिरि, कञ्चनजंघा, अन्नपूर्ण, नेप्से, मर्दी हिमाल, मनास्लु र एभरेष्ट गरी ११ समूहले भाग लिएका थिए । दोस्रो चरणमा प्रवेश गर्नेमा अन्नपूर्ण, एभरेष्ट, धौलागिरि, माछापुच्छ्रे, ल्होत्से, मनास्लु समूह रहेका थिए । सहभागी सम्पूर्ण समूहलाई प्रमाण पत्र वितरण तथा मायोको चिनो प्रदान गरिएको थियो । प्रतियोगिता जुलाइ १४, १५ र १६ मा सोही एन्ड सीसीएस कम्प्लेक्स पकनाजोलमा सुरु गरिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- डीएसपी थापा र बिचौलिया मालीको सेटिङमा जाहेरी नै गायब !
- सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री
- चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु
- पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षा हुने
- आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया