वन्यजन्तुबाट भएको क्षतिको राहतमा ८४ लाख खर्च
सोलुखुम्बु । सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट भएको क्षतिमा मात्रै ८४ लाख रूपैयाँभन्दा बढी रकम खर्च गरेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा निकुञ्जको कार्यालय नाम्चेले वन्यजन्तुबाट क्षति भएका पशुचौपायका धनीलाई ८४ लाख ७५ हजार पाँच सय तीन रूपैयाँ राहत प्रदान गरेको हो ।
कार्यालयका सूचना अधिकारी विष्णु रोकायका अनुसार निकुञ्ज क्षेत्रमा वर्षेनी भालु, चितुवा, ब्वाँसोलगायतका वन्यजन्तुबाट पशुधन तथा मानवीय क्षति हुनेगरेको छ । गत आर्थिक वर्षमा मात्रै २८७ वटा पशु चौपायमा चितुवा र ब्वाँसोले क्षति पु-याएको छ भने दुई जना मानिसलाई भालुले आक्रमण गरेको निकुञ्जको तथ्यांक छ । पीडित कृषकहरूलाई विभिन्न समयमा गरी सो राहत रकम वितरण गरिएको निकुञ्जको कार्यालयले जनाएको छ । निकुञ्जले पशुधनको सवालमा परिपक्व याक, नाकको क्षतिमा ३० हजार र सामान्य बच्चा याक नाक तथा भेडा, बाख्राको क्षतिमा १० हजार रूपैयाँ राहत रकम वितरण गर्ने गरिएको छ । मानवीय क्षतिको सवालमा प्रकृति हेरेर राहत रकम प्रदान गरिने निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया