सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोनाससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या बढ्न थालेको छ । जिल्लाको विभिन्न स्थानहरूमा ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, जोर्नी दुख्ने, छाती र घाँटी दुख्नेलगायतका समस्या फैलिएको स्वास्थ्य संस्थाहरूले जनाएको छ ।
जिल्ला अस्पताल फाप्लुमा पछिल्लो दुर्ई हप्तामा भाइरस संक्रमणको बिरामी अत्यधिक मात्रामा बढेको छ । अस्पतालको ओपीडीमा आएका ७० प्रतिशतभन्दा बढी बिरामी ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, जोर्नी दुख्ने, छाती र घाँटी दुख्नेलगायतका रहेका छन् । उनीहरूमध्ये केहीलाई भर्ना नै गरेर उपचार गराइरहेको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले बताइन् । यस्तै प्राथमिक स्वास्थ्य केन्द्र सल्यान, सोताङ प्राथमिक अस्पताल र महाकुलुङ प्राथमिक अस्पतालमा पनि रुघाखोकीको बिरामी बढेको छ । जिल्लाभरिमै भाइरल संक्रमण बढेकाले अस्पतालहरूमा पनि बिरामीको संख्या बढेको अस्पताल प्रशासनले जनाएको छ ।
समुदायमा फैलिएको संक्रमण विद्यार्थीमा समेत देखिएपछि जिल्लाको विभिन्न विद्यालयहरू बन्द गरिएको छ । विद्यार्थी अस्वस्थ भएर उपस्थिति आधभन्दा बढी घटेपछि यसअघि तीन दिन विद्यालय बन्द गरिएको पिके माध्यमिक विद्यालय लोदिङका प्रधानाध्यापक चेत बहादुर मगरले जानकारी दिए । यस्तै सोही समस्याका कारण ज्वालामाई आधारभूत विद्यलय तामाखानी पनि दुई दिन बन्द गरिएको थियो । संक्रमण बढ्दै गएकाले मास्क र सेनीटाइजरको प्रयोगलाई अनिवार्य गर्न चिकित्सकले सुझाव दिएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया