काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार पुनः १० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल (अल्पकालीन सरकारी ऋणपत्र) बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही भदौ २० गते पनि राष्ट्र बैंकले छ अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति भदौ २८ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको उक्त ट्रेजरीहरु क्रमशः २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको रहेको छ । जसमध्ये २८ दिनेको २०७९ असोज २५ गते र ९१ दिनेको २०७९ मंसिर २७ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैंकका अनुसार बिक्री भएका ट्रेजरी बिल पुरानो नवीकरणअन्तर्गतका रहेका छन् ।
यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले ९१ दिने अवधिको चार अर्ब २६ करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सेल्सवेरीका नयाँ दुई शाखा
- औद्योगिक जोखिम नियन्त्रण र प्रतिकार्य अभिमुखीकरण कार्यक्रम
- भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित
- सन् २०२६ महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा
- सम्मरीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
- महेशपुर भन्सारको गोदाममै सड्यो करोडौँको चिनी
- अड्डाहरूका कवाडी सामान र लिलाममा उदासीनता
- सफल साक्षरताका आधार र सात ‘स’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया