काठमाडौं । अनलाइन बजार दराजले दशैँ पर्वलाई लक्षित गरी दशैँ धमाका अभियान घोषणा गरेको छ । बुधबारदेखि सुरु भएको यो अभियान गत वर्षको भन्दा भव्य र ठूलो हुने कम्पनीले जनाएको छ ।
यस अभियानअन्तर्गत ग्राहकले ७० प्रतिशतसम्मको मेगाडिल, निःशुल्क सपिङ, २५ सय रुपैयाँसम्मको प्रिपेमेन्ट छुट, १० हजारसम्मको मेगा भौचर र बम्पर उपहारमा इलेक्ट्रोनिक्स स्कुटर जित्ने मौका पाउनेछन् । यस्तै कार्ड प्रि–पेमेन्टमा ग्राहकले डेभिड कार्डमार्फत १५ प्रतिशत र क्रेडिट कार्डमार्फत २० प्रतिशत छुट पाउनेछन् । यससँगै यस अभियानको पहिलो दिन आईएमई पे वा इसेवा वालेटमार्फत भुक्तानी गर्ने ग्राहकले सीमित घण्टाको लागि १५ प्रतिशतसम्मको अतिरिक्त छुट पनि प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार विगतमा जस्तै यस वर्ष पनि दशैँ धमाकाले एक रुपैयाँमा विभिन्न लोकप्रिय खेलहरु पनि फिचर गर्नेछ, जसमार्फत ग्राहकले एक रुपैयाँमा विभिन्न पुरस्कारहरु जित्ने मौका पाउनेछन् । एक पटक अफर समाप्त भएपछि सबै सहभागीहरुलाई एक रुपैयाँ फिर्ता गरिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया