रूसद्वारा इटालीलाई निर्यात गरिने ग्यासमा रोक
मस्को । रूसको ग्याजप्रोमले अस्ट्रियामा यातायात समस्या भएको भन्दै इटालीको एनीमा गर्दै आएको ग्यास आपूर्ति स्थगन गरेको इटालियन ऊर्जा कम्पनीले शनिबार जनाएको छ ।
‘ग्याजप्रोमले हामीलाई अस्ट्रियामार्फत ग्यास ढुवानीको असम्भवतालाई उद्धृत गर्दै आजका लागि माग गरिएको ग्यासको आपुर्ति गर्न असम्भब भएको बताएको छ’, एनीको स्थानीय प्रशासनद्वारा जारी एक विज्ञप्तिमा जनाएको छ ।
‘फलस्वरूप, टार्भिसियो प्रवेश विन्दु हुँदै एनीमा जाने रुसी ग्यास प्रवाह शून्य हुनेछ’, विज्ञप्तिमा भनिएको छ । इटालीमा वितरण गरिएको अधिकांश रूसी ग्यास ट्रान्स अस्ट्रिया ग्यास पाइपलाइन (ट्याग)मार्फत युक्रेन हुँदै अस्ट्रियाको सीमामा उत्तरी इटालीको टार्भिसियोमा जान्छ ।
युक्रेनमा युद्ध हुनुअघि इटालीले आफूले खपत गर्ने ग्यासको ९५ प्रतिशत आयात गरेको थियो ।
निवर्तमान प्रधानमन्त्री मारियो ड्राघीले रूसमा इटालीको निर्भरता घटाउन अन्य ग्यास उत्पादकहरूसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । एनीका लागि हुँने ग्यास आपुर्ति जूनमा २५ प्रतिशतमा झरेको छ । प्रशासनले रूसी ग्यासको विकल्पमा नवीकरणीय ऊर्जातर्फको परिवर्तनलाई गति दिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया