आरबीबी मर्चेन्ट बैंकिङको सातौँ वार्षिक साधारणसभा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंंकिङ लिमिटेडकोे सातौँ वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी देवेन्द्ररमण खनालको अध्यक्षतामा सोमबार सम्पन्न भएको छ । साधारणसभाले आव २०७८÷०७९ मा सात दशमलव पाँच प्रतिशत नगद लाभांशसहित वार्षिक प्रतिवेदन प्रस्ताव पारित गरेको छ ।
साधारणसभामा प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हाल सहरी क्षेत्रमा मात्र सीमित रहेको मर्चेन्ट बैकिङ सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालीन सोचअनुरूप रणनीति तयार गरी आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताहरूले पनि मर्चेन्ट बैंकिङ सेवा लिन सकिने वातावरण बनाउनुपर्ने बताए । मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्ता पुँजी रहेको मर्चेन्ट बैंकिङले इस्यु मेनेजमेन्ट, आरटीएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ, डिपोजेटरी पार्टिसिपेन्टलगायतको सेवा दिइरहेको बताए ।
सभामा आरबीबी मर्चेन्ट बैंंकिङका सञ्चालकहरू सरस्वती अधिकारी, पवन रेग्मी, दुर्गा कुमारी कंडेल, राजेन्द्रप्रसाद दाहाल, बैंकका उपकार्यकारी अधिकृतहरू देवेशप्रसाद लोहनी, विमल डंगोल, विनयरमण पौडेल, बैंकका कम्पनी सचिव हेमराज खरेल, कम्पनी रजिष्ट्रार कार्यालयकी उपरजिष्ट्रार शेखरबाबु कार्की, महालेखापरीक्षक कार्यालयका कमल सिलवाल, आन्तरीक लेखापरीक्षक सीए एकराज सिग्देल, आरबीबी म्युचल फन्डका लेखापरीक्षक सीए मुना प्रसादलगायत मर्चेन्ट बैंकिङका कर्मचारीहरूकोे उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया