काठमाडौँ । सर्वसाधारणका लागि कुनै पनि निर्वाचनका धेरैभन्दा धेरै प्रतीक्षा हुने वा गरिने दुई चरण हुन्छन्, पहिलो मतदानको दिन र दोस्रो परिणाम आउने समय । निर्वाचनमा मत हाले वा खसाएदेखि नै धेरैभन्दा धेरै तीव्रताका साथ हरेक मतदाताले प्रतीक्षा गर्ने भनेको त्यसको परिणाम नै हो । आफूले मत दिएको उम्मेदवारको आवस्थाबारे जानकारी नआई एउटा मतदाताले अन्यत्र ध्यान दिन सक्तैन । यो एउटा स्वाभाविक कुरा पनि हो । मतगणना केन्द्र वा अन्यत्र मतको अवस्था जानाकारी लिने ठाउँमा लाग्ने भीडले नै यस्तो कुरा व्यक्त गरिहेको हुन्छ ।
गएको वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम पाउन वा सुन्न महिना दिनसम्म लागेको र त्यसबेला मतदातामा प्रकट भएको छटपटी पनि अर्को उदाहरण हो । पछिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुलुकभर एकै चरणमा मतदान सम्पन्न भएको छ । यी संस्थाका लागि मुलुकभर एकै चरणमा मतदान सम्पन्न भएको यो पहिलो पटक हो । यसअघि अर्थात् पहिलो स्थानीय तह तीन र प्रतिनिधिसभा र प्रदेशसभा दुर्ई चरणमा गरी निर्वाचन सम्पन्न भएको थियो । त्यसबेला स्थानीय तहका करिब पाँच महिनाको अन्तरमा निर्वाचन भएका थिए भने प्रतिनिधिसभा र प्रदेशसभाका लागि १० दिनको अन्तरमा सम्पन्न भएको थियो । यसले पनि मतपरिणाम आउन बढी दिन लागेको हुनुपर्छ ।
यो पटक मुलुकभर भर नै एकै चरणमा मतदान सम्पन्न भएको अवस्था छ । मतगणना पनि प्रारम्भमा छन् । कारणवश रोकिएका बुथहरूमा पुनः मतदान गर्नुपरेको अवस्थाले समग्र निर्वाचनलाई असर पार्दैन । जहाँ पुनः मतदान हुने हो ती क्षेत्रसँग मात्र सम्बन्धित हुन्छ । त्यसकारण पनि यो पटक विगतको जस्तो परिणमका लागि धेरै दिन प्रतीक्षा गर्नुुपर्नेजस्तो देखिँदैन । त्यसमाथि प्रमुख निर्वाचन आयुक्तले तीन दिनमा नै परिणाम दिने भनी बताइसकेको अवस्था छ । उनका अनुसार मंसिर २२ सम्ममा नतिजा प्रकाशित गरेर नयाँ संसद् अधिवेशन आह्वानको अवस्था सिर्जना गर्ने आयोगको तयारी छ । समयमा नै विगतमा आयोगले समयमा मतपरिणाम सार्वजनिक गर्न नसकेको आरोपलाई यो पटक सच्याउन खोजेको देखिन्छ ।
प्रमुख आयुक्तका अनुसार यस पटक हरेक घण्टाका मतपरिणाम सबै मिडियालाई सिधै उपलब्ध गराउने प्रणाली थालिएको छ, सूचनामा सहजताको नीति अवलम्बन भएको छ, एक सय ६५ वटै मतगणना कार्यालयमा सूचना इकाइ र त्यहाँको कुनै सहायक मतदान अधिकृत वा सहायक मतगणना अधिकृत राखेर हरेक घण्टाको सूचना दिने गरी सफ्टवेयर तयार भएको छ, मतपेटिका आउनेबित्तिकै मतगणना प्रारम्भ गरेर, बढीभन्दा बढी ठाउँमा मतगणना गरेर ७ गते रातिसम्ममा प्रत्यक्षतर्फको सम्पूर्ण मतपरिणाम सार्वजनिक गर्ने तयारी छ, सँगसँगै समानुपातिकको मतगणना गर्न पनि पाइन्छ । त्यसको पाँच दिनभित्रमा समानुपातिकतर्फको मतगणना सक्ने र सदर मत यति, कुन दलले कति प्राप्त गरेको छ भनेर आयोगले दिने हो ।
प्रमुख आयुक्तको भनाइअनुसार नै गणना भयो भने यो पटक मतदाताले परिणामको लामो र पट्यारलाग्दो प्रतीक्षा गरिहनु पर्दैन । परिणाम छिटो आयो भने त्यसले नयाँ सरकारको पनि निर्धारण छिटै गर्छ । यसले राजनीतिक अन्योललाई घटाउँछ र देश स्वाभाविक गतिमा प्रवेश गर्छ । निर्वाचनको घोषणा भएपछि देशका महत्वपूर्ण कतिपय कामहरू थातीमा छन् । गएको आवधिकको कुरा गर्ने हो भने निर्वाचनको परिणाम आएको चार महिनाको दूरीमा नयाँ सरकार बनेको थियो । राष्ट्रपतिले एउटा अध्यादेश रोकिदिएका कारण पनि त्यसबेला समय लम्बिएको बताइएको थियो । अहिले त्यस्तो अवस्था छैन । तीन दिनमा परिणाम आयो भने यो एउटा नयाँ अभ्यास पनि हुनेछ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया