फर्ष्ट माइक्रोफाइनान्सको पहिलो त्रैमासिक नाफा छ करोड ३७ लाख
काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा छ करोड ३७ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड ९४ लाख १५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा १० अर्ब ३६ करोड एक लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गर्दा १२ करोड एक लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो अवधिमा निष्क्रिय कर्जा शून्य रहेको संस्थाको वितरणयोग्य नाफा भने दुई करोड ३४ लाख ९० हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले १० अर्ब ३९ करोड २१ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा छ करोड छ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा संस्थामा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला
- मोरङ व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्विरोध
- पठाओले थप्यो कार प्लस सुविधा
- भिभो वाई ०३ नेपाली बजारमा
- टोफिको तड्का इमली बजारमा
- कोका–कोला युथ डायलगको तेस्रो संस्करण
- निकुञ्ज क्षेत्रबाट तीन ट्र्याक्टर फोहर संकलन
- प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह मेमोरियल हस्पिटलमा छुट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया