विराटनगर । विराटनगरको डिग्री कलेज मैदानमा जारी विराट एक्स्पोमा आयोजना गरिएको ‘विराट सिंगिङ अइडल’को उपाधि गृष्म श्रेष्ठले जितेका छन् । एक सय ५० जना प्रतिस्पर्धीलाई पन्छाउँदै श्रेष्ठले विराट सिंगिङ अइडल’को उपाधि जितेका हुन् ।
आइडलको फाइनल राउन्डमा छजना प्रतिस्पर्धी छनोट भएका थिए । छनोट भएका छ जनामा महिलाको सहभागिता नभएपछि महिलाहरूमध्ये अन्तिम समयसम्म आएकी नेहा खड्कालाई सहभागी गराइएको थियो । सिंगिङ आइडलको फर्स्ट रनरअप फुर्व तामाङ र सेकेन्ड रनरअप रमननाथ अधिकारी भएका छन् । नितेश आले मगर, रोहन तिम्सिना र अभिषेक काफ्लेले कुनै उपाधि जित्न सकेनन् । विजेताहरूले क्रमशः ५१ हजार, ३१ हजार र १५ हजार रुपैयाँका साथै विभिन्न गिफ्टह्यापर प्राप्त गरेको छन् ।
सिंगिङ आइडलको फाइनल राउन्डको निर्णायक टोलीमा गायिका इन्दिरा जोशी, सुमित खड्का र सुमन श्रेष्ठ रहेका थिए । दैनिक विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहँदै आएको छ । साङ्गीतिक साँझमा सबै उमेर समूहको बाक्लो उपस्थिति हुने गरेको छ । विराट एक्स्पोमा नेपाल भारतका अवलोकनकर्ताहरूको बाक्लो उपस्थिति रहँदै आएको छ । एक्स्पो अवलोकन गर्न आउनेहरूका लागि खाद्यान्न, प्लास्टिक, सवारीसाधनलगायतमा छुटको व्यवस्था गरिएका कारण समय थपिँदासमेत धेरै जना आएको आयोजकले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- कैलाश सिरोहिया पक्राउ
- सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा
- कागेश्वरी मनहरा घटना: मृतक कृष्णका छोरा चिरेन घाइते अवस्थामा फेला
- फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान
- बजार परिसुचक २१ सय १५ बिन्दुमा
- मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए
- कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
- हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया