एसिया–प्रशान्त क्षेत्रमा अमेरिकी सहायता बढ्दै
वासिङ्टन । एसिया–प्रशान्त क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै जलसेनाको आधार तयार गर्न बाइडेन प्रशासनले प्रशान्त महासागरका टापु राष्ट्रहरूसँगको सम्बन्ध विस्तारलाई प्राथमिकताका साथ अघि बढाएको छ ।
मार्सल आइल्याण्ड र पलाउसँगको सम्बन्ध सुमधुर तुल्याउन वासिङ्टनले पारस्परिक सहयोग सम्झौता एवम् समझदारीपत्रमा हस्ताक्षर गरेको छ । प्रशान्त महासागरका टापु देशमा आर्थिक, कूटनीतिक एवम् सैन्य प्रभाव विस्तार गर्दै अमेरिका–चीन सम्बन्धमा सन्तुलन कायम गर्नु वासिङ्टनको चाहना हो । आगामी दुई दशकका लागि अमेरिकाले मार्सल आइल्याण्ड र पलाउसँग गरेका सम्झौताबाट उसका सैन्य र अन्य सुरक्षा अधिकार सुनिश्चित भएका छन् ।
हिन्द– प्रशान्त क्षेत्रमा आर्थिक एवम् प्राविधिक विकासका गतिविधिमा सहयोगी देशलाई सघाउँदै कम्प्याक्ट्स अफ फ्रि एसोसिएसनमार्फत विकासका दीर्घकालीन परियोजना सञ्चालन गर्न अमेरिकाले ७० करोड डलर उपलव्ध गराउने छ । यद्यपि कम्प्याक्टका आर्थिक पक्षलाई अमेरिकी संसद्ले अनुमोदन गर्न बाँकी छ ।
लाभग्राही देशलाई पनि कम्प्याक्ट कार्यान्वयन बाध्यकारी हुने छैन । सहायता सम्झौतालाई निष्कर्षमा पु-याउन वार्ताको नेतृत्व गर्नुभएका राष्ट्रपति बाइडेनका विशेष दूत जो युनले अबका सहायता रकम विगतमा अमेरिकाले उपलब्ध गराएको भन्दा अधिक हुने बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया