Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारछिमेक लघुवित्तको नाफा ५५ करोड ६० लाख

छिमेक लघुवित्तको नाफा ५५ करोड ६० लाख


काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ५५ करोड ६० लाख ८२ हजार दुई सय २० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ४९ करोड ८४ लाख ४२ हजार तीन सय ५३ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी दुई अर्ब ३२ करोड ४१ लाख रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा २९ अर्ब ५६ करोड २१ लाख ६४ हजार नौ सय ४९ रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब ५३ करोड ३८ लाख ३४ हजार पाँच सय ३७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ४३ करोड ६२ लाख ९२ हजार एक सय २७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको शून्य दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने ४३ करोड ३७ लाख ४४ हजार एक सय ३२ रुपैयाँ रहेको संस्थाको स्प्रेड दर भने छ दशमलव तीन प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले २७ अर्ब एक करोड ९४ लाख ६१ हजार पाँच सय ५५ रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब सात करोड ४० लाख २० हजार पाँच सय ९१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४९ करोड ८४ लाख ४२ हजार तीन सय ५३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर छ दशमलव ९३ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #6, #Page 6

तपाईको प्रतिक्रिया