सुबास बस्नेत
दोलखा, चैत ४
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावतीमा दुर्लभ वन्यजन्तु सालक अलपत्र अवस्थामा फेला परेको छ । सुन्द्रावतीस्थित कालिनाग सामुदायिक वन नजिकै गोरेटो बाटोमा फेला पारिएको सालक सोही वनमा छाडिएको छ । स्थानीयले आइतबार फेला पारेको सालक सोमबार जिल्ला प्रहरी कार्यालय चरीकोट बुझाएका थिए । सालकलाई प्रहरीले सोमबारै डिभिजन वन कार्यालयमा बुझाएपछि स्थानीय र वनका कर्मचारीको टोलीले भेटिएकै क्षेत्रमा छाडिदिएको हो ।
बच्चा अवस्थाको सालक फेला परेपछि स्थानीयले एकरात गाउँमै राखेर सोमबार प्रहरीलाई बुझाएका हुन् । डिभिजन वन कार्यालय, भीमेश्वर सबडिभिजनका इन्चार्ज कमल थापाले सालक स्वस्थ पाइएकाले उसको प्राकृतिक अनुकूलताका लागि आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित वनमा छाडिएको जानकारी दिए । माउसँग छुटेपछि बच्चो सालक बाटोमा निस्केको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । सालक प्रायः नेपाल, भारत, चीनलगायतका दक्षिण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भूभागमा पाइन्छ ।
विश्वभर आठ जातिका सालक पाइन्छन् । नेपालमा भने संकटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन् । यद्यपि पहाडी केही जिल्लामा सेतो सालक पनि पाइने वन्यजन्तुविज्ञहरुको भनाइ छ । सालकले मुख्य रूपमा धमिरा र कमिलालगायत साना कीराहरू मन पराउँछ । खपटा बिक्रीवितरणका लागि चोरीशिकार हुने गरेका सालकको अस्तित्व संकटमा छ । दोलखामा सालकको संख्या के कति छ भन्नेबारे डिभिजन वनसँग पनि तथ्यांक छैन । केही दिनअघि पनि दोलखामा राष्ट्रिय पन्छी डाँफेको उद्धार गरिएको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया