‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को टिकट बुकिङ खुला
काठमाडौं । छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को टिकट बुकिङ खुला भएको छ । आउँदो चैत २ देखि ६ गतेसम्म हुने महोत्सवको सोमबारबाट टिकट बुकिङ खुला भएको हो । ‘खल्ती एप’मार्फत टिकट बुकिङ गर्न सकिने आयोजकले जनाएको छ ।
यस्तै यस पटक ‘निफ’का प्रतिस्पर्धी चलचित्र चारवटा सिनेमा हलमार्फत प्रदर्शन गरिने भएको छ । क्यूएफएक्ससँगको सम्झौताअनुसार काठमाडौंको सिटी सेन्टर र छायाँ सेन्टर, पुलचोकको लबिम मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा प्रतिस्पर्धी फिल्म प्रदर्शन हुनेछन् ।
यस महोत्सवमा ३५ देशका ९५ प्रतियोगी चलचित्र प्रदर्शन हुनेछन् भने ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुनेछ । कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने आयो्जकले जनाएको छ । विगतमा झैं यस पटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरु प्रदर्शन हुनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, मनोरञ्जन
ट्याग : #page 3
ताजा अपडेट
- जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
- नेपालले टस जितेर फिल्डिङ गर्दै
- देशमा लगानीको वातावरण बन्दै गएको छ स् अध्यक्ष अग्रवाल
- बझाङमा उत्साहपूर्वक मतदान हुँदै
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया