Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार१९ सय २६ बिन्दुमा खुम्चियो सेयर बजार

१९ सय २६ बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौं । साताको सुरुवाती कारोबार दिन आज आईतबार नैं सेयर बजार परिसुचक ओरालो लागेको छ । आज बजार परिसुचक छ दशमलव ९० अंकले ओरालो लागेर १९ सय २६ दशमलव ४० बिन्दुमा खुम्चिएको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५२ अंकले ओरालो लागेर तीन सय ६३ दशमलव २६ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुमहरु अन्तर्गत दुई सय ५९ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३० हजार सात सय ७५ पटकको कारोबारमा ३१ लाख ६३ हजार तीन सय ८९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब छ करोड ९८ लाख चार हजार आठ सय २५ रुपैंयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये पाँच वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया