बनेपा । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जयपुरी घर्तीले पार्टी बलियो बनाउनका लागि सुदृढीकरण अभियान थालेको बताएका छन् । अखिल नेपाल ट्रेडयुनियन महासङ्घ काभ्रेपलाञ्चोक जिल्ला कमिटीको छैठौंँ जिल्ला भेला तथा सम्मान कार्यक्रममा उनले पार्टी सङ्गठनलाई अभियानमार्फत सक्रिय बनाउने क्रममा रहेको बताए ।
राससका अनुसार अभियानमार्फत सक्षम, स्वच्छ र इमानदार नेतृत्व स्थापित गर्दै जाने उनले बताए । मालिक र मजदुरलाई छुट्टयाउन नसक्दा मजदुर आन्दोलन कमजोर बन्दै गएको उल्लेख गर्दै उहाँले मजदुर नेतृत्व तहमा पुग्नुपर्नेमा जोड दिए ।
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले मजदुरको बलमा प्राप्त भएको अधिकारलाई संस्थागत गर्नु जरुरी भएको बताए । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घका उपमहासचिव प्रकाश श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासङ्घ बागमती प्रदेशका अध्यक्ष शिव पोख्रेललगायतले श्रम ऐन कार्यान्वनय गर्न र सामाजिक सुरक्षा कोषमा मजदुरवर्गलाई जोड्न सरकरसँग माग गरे । छैठौँं जिल्ला भेलाबाट राजन अधिकारीको नेतृत्वमा ३५ सदस्यीय नयाँ समिति चयन गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया