सिटिजन्स बैंकको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल गण्डकी प्रदेश बेनी शाखाले शनिबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले १६औँ वार्षिकोत्सवको अवसर पारेर शिविर सञ्चालन गरिएको जनाएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले बेनी नगरपालिका वडा नं ४ सिंगामा आयोजित शिविरमा एक सय १५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । सो अवसरमा बैंकले निःशुल्क औषधि उपलब्ध गराएको थियो ।
बेनी सञ्जिविनी हेल्थ क्लिनिकका डा. रोशन आचार्यको नेतृत्वमा रहेको टोलीले सुगर, प्रेसर सहित विभिन्न रोगको चेकजाँच गरेको थियो । बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । गाउँ–गाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्यअनुरूप शिविरको आयोजना गरिएको बैंकले जनाएको छ ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य शाखाहरूमार्फत पनि यस्तै स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको जनाएको छ । हाल बैंकले देशभर एक सय ८२ वटा शाखा, एक सय ३४ एटीएम र ९७ शाखारहित बैंकिङ इकाइहरूबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
- सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया