कृषि विकास बैंकद्वारा कोरोना संक्रमण रोकथामका लागि सहयोग व्यवस्था
काठमाडौं, चैत १२
कृषि विकास बैंक लि. ५ नं. प्रदेश कार्यालय भैरहवाले बेलहिया नाकामा सावुुनपानीले हात धुुने व्यवस्था गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्याक्रमअन्तर्गत रुपन्देही जिल्ला, भैरहवास्थित नेपाल–भारत सीमा–नाका बेलहीयामा भारत तथा अन्य मुलुकबाट नेपाल प्रवेश गर्ने यात्रीहरूलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सुरक्षित राख्नको लागि उक्त नाकामा सावुनपानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था मिलाउनको लागि एक हजार लिटरको पानी ट्यांकी, दुईवटा धारासहितको वेशिनजडित फलामको स्ट्याण्ड हस्तान्तरण गरेको हो । साथै संक्रमणबाट बचाउनको लागि दशगजा क्षेत्रमा सरसफाइ कायम गर्न समेत बैंकले १० बोरा चुना उपलब्ध गराएको छ । बैंकको अनुरोधमा यसै बैंकका अशल ग्राहक बाबुल निर्माण सेवाका प्रोप्राइटर श्री नफिस अहमदले एक टिपर मिस्कट गिटी तथा बालुवा उपलब्ध गराएको छ ।
उक्त कार्यक्रममा बैंकका ५ नं. प्रदेश कार्यालयका निर्देशक चन्द्रसिंह थापाले उक्त सामग्रीहरू रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेव पन्तको रोहवरमा इलाका प्रहरी कार्यालय बेलहीयाका इन्चार्ज (इन्स्पेक्टर) ईश्वरी अधिकारीलाई हस्तान्तरण गरेका हुुन् । सो कार्यक्रममा रुपन्देही जिल्लाका प्रहरी उपरीक्षक हेमकुमार थापा, सशत्र प्रहरी उपरीक्षक तेज पोख्रेल, साथै उक्त क्षेत्रका सामाजिक अभियान्ता रमेश थापा, विभिन्न सञ्चार माध्यमबाट उपस्थित सञ्चारकर्मीहरूलगायत विभिन्न समाजसेवी, स्वयंसेवकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सुरुवात प्रमुख जिल्ला अधिकारी पन्त र कृषि विकास बैंक लि. ५ नं. प्रदेश कार्यालय भैरहवाका निर्देशक थापाले संयुक्तरुपमा सावुनपानीले हात धोएर सुरु गरेका थिए । यस्तो संवेदनशील अवस्थामा सीमा नाकामा उक्त किसिमको व्यवस्था नभएकोमा बैंकले यस खालको सहयोग गरेकोमा बेलहीया प्रहरी कार्यालयका इन्चार्ज (इन्स्पेक्टर) ईश्वरी अधिकारीलगायत विभिन्न महानुभावहरूले बैंकको उक्त कार्यको प्रशंसा गरेका थिए । । साथै उक्त क्षेत्रमा कोरोना संक्रमण रोकथामका लागि बैंकले अन्य किसिमका सहयोग गर्नुपर्ने भएमा समेत सहयोग गर्ने प्रतिबद्धता बैंकका निर्देशकले व्यक्त गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
- सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट
- कोही किन गर्छ नेपालमा लगानी ?
- ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया