सङ्घीयता कार्यानवयनसँग जोडिएका ऐन तत्काल ल्याउन माग
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सङ्घीय शिक्षा ऐन, सङ्घीय कर्मचारी ऐनलगायतका महत्वपूर्ण ऐन निर्माणमा ध्यान दिन सरकारको ध्यानकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले सङ्घीय संसद्मा थारुको उचित प्रतिनिधित्व हुन नसकेकाले तत्काल ती ऐन ल्याउन आग्रह गरेका छन् । यस्तै, सांसदहरुले प्रतिनिधिसभाको बैठकमा उठाइएका विषयको समाधानका लागि सभामुखमार्फत सरकारको ध्यानकर्षण गराएका थिए ।
बैंक तथा वित्तीय संस्थाले मनलाग्दी तवरले ब्याज लिएर ऋणीलाई दुःख दिएको, किस्ता रोकिएकामा हर्जनासमेत जोडेर समस्यामा पारेकाले उनीहरुलाई कानुन अनुसार कारबाही गर्नुपर्ने बताए ।
बैठकमा सांसदहरुले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन, सदनलाई विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । बैठकमा सांसदहरु रामनाथ अधिकारी, विद्या भट्टराई, तेजुलाल चौधरी, ईश्वरी घर्ती, ऐनबहादुर शाही, वासुदेव घिमिरे, शान्ति चौधरीललगायतले आ–आफ्ना धारणा राखेका थिए ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित
- क्यान्सरको जोखिम पहिचान गर्न स्वास्थ्य शिविर
- जनअपेक्षा विपरीतका गतिविधि र सङ्गठनको हित प्रतिकूलका कार्य क्षम्य हुँदैन: उपप्रधानमन्त्री लामिछाने
- नयाँ शक्ति निर्माण अभियान थप सशक्त बनाउनुपर्छ: डा.भट्टराई
- दक्षिण कोरियाले चिप्स उद्योगमा १९ अर्ब डलर खर्च गर्ने
- चीनको विद्युत् उत्पादन क्षमता १४ दशमलव एक प्रतिशत बढ्यो
- थाई एयरवेजको सेवा नेपालमा पुनः सुरु
- एमएडब्लु वृद्धिले इलेक्ट्रिक हृयाचब्याक नामी ०१ नेपालमा ल्याउने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया