लिखुपिकेको आर्थिक कारोबार ठप्प
सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको आर्थिक कारोबार दुई महिनादेखि ठप्प भएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्प धमला गएको फागुन २० गते रामेछाप सरुवा भएपछि मन्त्रालयले हालसम्म कुनै पनि अधिकृत नखटाउँदा पालिकाको सबै कामकाज प्रभावित भएको हो ।
दुई वर्षदेखि लिखुपिके गाउँपालिकामा कार्यरत धमला स्वैच्छिक सरुवामा गएपछि लिखुपिके प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको हो । कार्यालय प्रमुख नहुँदा वृद्धवृद्धाको सामाजिक सुरक्षाभत्तादेखि कर्मचारीको तलब समेत भुक्तानी हुनसकेको छैन । योजना सम्झौता र काम गरेको भुक्तानी दिन नसक्दा विकास निर्माणको काम पनि रोकिएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताइन् । प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापनको लागि आफू पटक–पटक मन्त्री र सचिवलाई भेट्न सिंहदरबार गए पनि आफूहरूलाई कर्मचारी पठाउन मन्त्रालयले आनाकानी गरेको र सिंगो स्थानीय तह ठप्प हुँदा संघीय सरकार मुकदर्शक बनेको अध्यक्ष कार्कीको आरोप छ । उनले पालिकामा कार्यरत अन्य अधिकृतस्तरका कर्मचारीलाई निमित्त दिन पनि मन्त्रालय तयार नभएकाले पालिकाको कार्यसम्पादनमा जटिलता उत्पन्न भएको बताइन् ।
पाँचवटा वडा रहेको उक्त पालिकामा अहिले विकास निर्माण र सेवा प्रवाहको दुवै काम ठप्पजस्तै छ । यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग पालिकाको समस्याबारे ठोस जवाफ छैन । मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराई आफूले दुई दिनअघि मात्रै प्रशासन महाशाखा छोडेकाले यो विषय थाहा नभएको बताएका छन् ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया