बेलायतको मुद्रास्फीति आठ महिनायताकै न्यून
लण्डन । बेलायतको वार्षिक मुद्रास्फीति दर आठ दशमलव सात प्रतिशतमा झरेको छ । अप्रिल महिनामा कायम भएको यो मुद्रास्फीति आठ महिनायताकै सबैभन्दा कम हो ।
राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस)ले गतवर्षको अगस्टपछि पहिलो पटक मुद्रस्फीति १० प्रतिशतभन्दा तल झरेको उल्लेख गरेको छ । मार्चमा मुद्रास्फीति १० दशमलव एक प्रतिशत थियो ।
उर्जाको मूल्य एक वर्षयताकै कममा झरेपछि मुद्रास्फीति पनि क्रमशः नियन्त्रणमा आएको ओएनएसको भनाइ छ । मार्चमा बेलायतको वार्षिक मुद्रास्फीति आर्थिकरुपमा सम्पन्न मुलुकको समूह जी–सेभेन समूहका देशहरुमध्ये सबैभन्दा धेरै थियो । बेलायत सरकारले यो वर्षको अन्त्यसम्म मुद्रास्फीति लगभग पाँच प्रतिशतमा झर्ने दाबी गरिरहेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बेलायतको अर्थतन्त्र यसवर्ष शून्य दशलमव चार प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको एक दिनपछि यो आँकडा सार्वजनिक भएको हो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
- आज इलाम र बझाङमा उपनिर्वाचन
- पाठ्यक्रममै प्रविधिको विकास गरौँ
- पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
- धरौटिमा छुटे दिपेश पुन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया