माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
खोलामा माछा मार्न करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मुत्यु भएको छ । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो ।
ब्याट्री र १२ भोल्टको इन्भर्टर लगेर खोलामा माछा मार्न गएका भामको दिउँसो २ बजेतिर खोलामा करेन्ट लागेर बेहोस भएपछि उनका साथीहरूले जिल्ला अस्पताल मुगुमा पुर्याएका थिए । अस्पतालमा पुगेपछि भामको ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ ।
माछा मार्न प्रयोग गरिएका ब्याट्री र इन्भर्टर प्रहरीले नियन्त्रणमा लिइसकेको छ । मुगु कर्णाली नदी र यसका सहायक खोलामा माछा मार्नका लागि पछिल्ला वर्षमा करेन्ट प्रयोग बढ्दै गएको छ ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
- देशभर इन्टरनेट सेवामा समस्या
- संसद्को बजेट अधिवेशन आह्वान
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया