‘लकडाउन’ प्रभाव : तरकारी नबिक्दा किसान मारमा
बाजुरा,बैशाख ८
कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण बाजुरा जिल्लाका तरकारी उत्पादक किसानहरू मारमा परेका छन् । किसानहरूले उत्पादन गरेको तरकारीहरू बजारमा बिक्री गर्न नपाउँदा बारीमा नै कुहिएर जाने गरेको छ ।
सबैतिरका बजार बन्द, आवतजावत तथा तरकारी ढुवानीको समस्या भएपछि तरकारी बारीमै कुहिन थालेको कृषकहरूले दुखेसो गरेका छन् । किसानहरूले बिक्रीका लागि तयार भएको बन्दा फर्सीलगायतका तरकारी यतिबेला बजारमा ढुवानी गर्न सकिरहेका छैनन् ।
व्यावसायिक तरकारी खेती गर्दै आइरहेका किसानहरूले लकडाउनका कारण करोडौंको तरकारी बारीमा सडने बताएका छन् । ग्रामीण क्षेत्रका किसान निकै मारमा परेको भए पनि कालोपत्रे सडक भएको ठाउँका किसानहरूको तरकारी भने कृषि ज्ञान केन्द्र बाजुराले किसानको घरमा नै पुगेर संकलन गर्न सुरु गरेको छ । लकडाउनले बारीमा नै तरकारी कुहिन लागेको किसानहरूको गुनासो आएपछि घरमा नै पुगेर तरकारी संकलन गर्न सुरु गरेको ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्र बाजुराले एक दिन फरक पारेर किसानका घरमै गएर तरकारी उठाउने गरेको छ । केन्द्रले किसानबाट संकलन गरेको तरकारी सदरमुकामलगायत बाक्लो बस्ती भएका बजारमा वितरण गर्दै जनाएको छ ।
संकलन केन्द्रमा ठूला ट्रकहरू लिएर नियमित तरकारी लिन आउने व्यापारीहरू लकडाउनमा परेका र किसानहरूले भएको तरकारी पनी बिक्री गर्न नपाउने भएपछि सडकको छेउछाउमा रहेका कृषकहरूको तरकारी बजारसम्म पु¥याउन केही मदत गरिदिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापतीले बताए ।
ज्ञानकेन्द्रले तरकारी संकलन गर्न थालेपछि कृषकहरूलाई केही राहत मिलेको बुढीगंगा नगरपालिका २ ताप्रिसेराका तरकारी कृषक कृष्णबहादुर थापाले बताए । कृषि ज्ञान केन्द्रले आफ्नै गाडी ल्याएर तरकारी बजारसम्म नलगिदिएको भए लाखौँको घाटा बेहोर्नु पर्ने अवस्था आएको अर्का कृषक महेन्द्र धामीको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
- सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट
- कोही किन गर्छ नेपालमा लगानी ?
- ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया