आलु र दूध बिक्रीबाट दुई करोड ११ लाख आम्दानी
दोलखा । केही वर्षअघिसम्म बैतेश्वर–८ एवोका धेरै स्थानीय दैनिक गुजारा चलाउन ज्याला मजदुरी गर्न भारत जाने गर्दथे । तर हिजोआज यहाँका स्थानीयको दिनचर्या फेरिएको छ ।
गाउँमा स्थानीय कृषि सहकारीले कृषिमा लगानी गर्न थालेसँगै एवोका स्थानीयहरू हाल व्यावसायिक कृषि उत्पादनमा लागेका छन् । एवोका ९३ घरधुरी किसानले यस वर्ष मात्रै आलु बिक्रीबाट एक करोड ६८ लाख आम्दानी गरेका छन् । आलु उत्पादनको हिसाबले उर्वरभूमि मानिने एवोबाट मात्रै यस वर्ष झण्डै दुई करोड रुपैयाँ बराबरको आलु बिक्री भएको जनप्रेमी कृषि सहकारी संस्थाका अध्यक्ष टीकाबहादुर खत्रीले बताए । सो सहकारीले आलु खेती गर्ने किसानलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने गरेको छ । संस्थाका अध्यक्ष खत्रीका अनुसार एवोबाट यस वर्ष तीन लाख ५२ हजार ३० केजी आलु काठमाडौं निर्यात गरेका छन् । त्यस्तै, आलुसँगै दूधमा पनि एवो आत्मनिर्भर बन्दै गएको छ । सहकारीको मासिक रिपोर्टअनुसार यहाँका किसानले ४० लाख ३२ हजार रुपैयाँ दूधबाट मात्रै आम्दानी गर्न सफल भएका छन् ।
यस गाउँका किसानले सहकारीको सहयोग पाएपछि कृषिलाई आम्दानीको मुख्य स्रोत बनाएको स्थानीय किसान शिवबहादुर कार्कीले बताए । कार्की एवोमा सबैभन्दा बढी आलु तथा दूध उत्पादन गरेर चौधौँपटक सम्मानित भएका किसान हुन् । उनले यस वर्ष पनि चार लाख ५० हजार रुपैयाँको आलु उत्पादन गरेको बताए । यस वर्ष उनले १३ हजार आठ सय ३७ केजी आलु फलाएका थिए । त्यस्तै, उनले दूधबाट पनि राम्रो आम्दानी गरेको बताए । दूध बेचेर करिब दुई लाख आम्दानी गरेको सुनाए । लम्कीस्किन रोगले गाई मरेका कारण दूध उत्पादन हिजोआज केही कमी भएको उनको भनाइ छ ।
त्यस्तै, सोही गाउँका रामचन्द्र कार्कीले तीन लाख ३५ हजार बराबरको आलु उत्पादन गरेका छन् भने पदम माया जिरेल र युकेन जिरेलले पनि तीन लाख रुपैयाँभन्दा बढीको आलु उत्पादन गरेका छन् । धेरै आलु उत्पादन गर्ने किसानहरूलाई जनप्रेमी कृषि सहकारी संस्थाले सम्मान समेत गर्ने गरेको छ । यस वर्ष पनि संस्थाले उत्कृष्ट किसानलाई सम्मान गरेको छ । किसानलाई बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले एक कार्यक्रमका बीच सम्मान गरेका थिए । कृषकलाई सम्मान गर्दै पालिका अध्यक्ष लामाले पालिकाले एवोका दूध उत्पादक किसानलाई दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिँदै आएको बताए । उनले यस वर्षको हिउँदे अधिवेशनमा आलु पकेट कार्यक्रमका लागि अनुदान दिने तथा आगामी वर्ष आलुको बिऊ भण्डार गर्ने संकलन उपज केन्द्र निर्माण गर्ने बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया